Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार १६ गते आइतबार

सुर्खेत बाट काम गर्न महेन्द्रनगर आएका गुरुङ्ग महाकालीमा बेपत्ता

महाकाली नदीमा बगेर आज दिउँसो एक मजदुर बेपत्ता भएका छन् । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कम्पनीमा कार्यरत मजदुर माछा मार्न महाकाली गएका बेला बगेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार महाकालीमा बगेर सुर्खेतको बराहताल गाउँपालिका–४ साजघाटका धनबहादुर गुरुङ बेपत्ता भएका हुन्। बेपत्ता गुरुङको खोजी गर्न प्रहरीले गोताखोर टोली परिचालन गरेको छ ।

उनी कम्पनीमै कार्यरत अन्य मजदुरसँग माछा मार्न महाकाली गएका थिए। वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेकाले खोजबिन गर्न प्रहरीलाई समस्या भएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>