Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार १७ गते सोमबार

चिकित्सा शिक्षा(MBBS) अध्ययन छात्रवृत्तिको प्रकृयागत व्यवस्थालाई समयानुकूल परिवर्तन गर्ने: मन्त्री बिक

सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएसंगै सांसद लक्ष्मी विक ले शिक्षा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएकी छन्। गत महिनाको अन्तिम साता विना विभागीय मन्त्रीका रुपमा सपथ लिएकी विकले हिजो असार १६ गते शिक्षा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएकी हुन्।
जिम्मेवारी सम्हालेसंगै मन्त्री विकले चिकित्सा शिक्षा(MBBS) अध्ययन छात्रवृत्तिको प्रकृयागत व्यवस्थालाई समयानुकूल परिवर्तन गर्न र दलित, आदिवासी, जनजाति, सहिद, द्वन्द्व पीडित, सिमान्तकृत, लोपोन्मुख र अपाङ्गता छात्रवृत्तिलाई न्यायोचित तरिकाले वितरण गर्नका लागि हाल प्रचलनमा रहेको एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०७६ लाई अध्ययन गरी संशोधन मस्यौदा तयार गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरेकी छन्।मन्त्री विक नेकपा माओवादी केन्द्र का तर्फबाट समानुपतिक सांसद हुन।
यो भन्दा पहिले राज्यमन्त्री को पद अस्वीकार गरेकी विकले यो पाली फूल मन्त्रालय हाक्ने जिम्मेवारी पाएकी छन्।यो संगै हिजो सुदूरपश्चिम प्रदेश सरकारका तीनवटा मन्त्रालय टुक्राएर १० सदस्यीय मन्त्रिमण्डल गठन भएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>