Samriddhipost
२०८१ असार २० गते बिहिबार
महेन्द्रनगर
२०८१ असार १७ गते सोमबार

नाउपा दलनेता परिवर्तन संगै मुख्यमन्त्री दिनेलाई समर्थन गर्ने: रेशम चाैधरी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षकसमेत रहेका रेशमलाल चौधरीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दिने दललाई नै आफूहरुको समर्थन हुने बताएका छन्। यस्तै सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी आफ्नो दलका मन्त्रीलाई फिर्ता बोलाइने पनि उनको भनाई छ। आजमात्रै रञ्जिता श्रेष्ठ चौधरीलाई नाउपाका प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट हटाएका छन्। पार्टी अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका हुन्।

यस्तै उनलाई पार्टी अध्यक्षबाट समेत हटाउने आन्तरिक तयारी रहेको बताइन्छ। यसबारे प्रतिक्रिया माग्दा रञ्जिताका पतीसमेत रहेका रेशमलालले तत्काल अध्यक्ष हटाउने तयारी नभएको तर सुदूरपश्चिममा मुख्यमन्त्री नै आफूहरुको माग रहेको जनाए। उनले भने, ‘हाम्रो बटमलाइन क्लियर छ। चुनावी एजेण्डा पनि हो, हामीले सुदूरपश्चिमका हकमा जसले मुख्यमन्त्री दिन्छ, उसैलाई समर्थन गर्दछौं।’उता, नाउपा सुदूरपश्चिमको संसदीय दलका नेता घनश्याम चौधरीले पनि आफ्ना पार्टीका दुवै मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरिरहेको बताएका छन्। अहिले नाउपाबाट रञ्जिता पक्षका कैलाश चौधरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री र टीका थापा कृषि तथा भूमि सुधार मन्त्री छन्। उनीहरूलाई दलको सहमतिबगेर सरकारमा सहभागी भएको आरोप लाग्दै आएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>