Samriddhipost
२०८१ असार २० गते बिहिबार
महेन्द्रनगर
२०८१ असार १८ गते मङ्गलबार

कुतियाकवर बस्तीमा सेनाले निमार्ण गरेको ‘सेफ हाउस’ दोधारा चाँदनी नगरपालिकालाई हस्तान्तरण

नेपाली सेनाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवर बस्तीमा निर्माण गरेको ‘सेफ हाउस’ उद्धघाटन संगै हस्तान्तरण गरेको छ् । श्रीदल गुल्म भगतपुर ब्यारेकले एक कार्यक्रमको आयोजना गरि दुई तले ‘सेफ हाउस’ उद्धघाटन संगै दोधारा चाँदनी नगरपालिकालाई सेनाले उक्त ‘सेफ हाउस’ हस्तान्तरण गरेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । नेपाली सेनाको सिघ्र प्रभावकारी परियोजना अन्तर्गत प्राप्त बजेटबाट श्रीदल गुल्मद्धारा कञ्चनपुरले दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा दुई तले ‘सेफ हाउस’ निमार्ण कार्य सम्पन्न गरेको हो । दोधारा चाँदनी नगरपालिका कार्यालयको रु. ५ लाख र नेपाली सेनाको रु. २० लाख गरि जम्मा रु. २५ लाखमा दुई तले ‘सेफ हाउस’ को निमार्ण सम्पन्न गरिएको हो । निमार्ण सम्पन्न पश्चात उक्त ‘सेफ हाउस’ सेनाले दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुलाई ‘सेफ हाउस’ को साँचो बुझाएर हस्तान्तरण गरेको छ् । सेनाको ‘सेफ हाउस’ उद्धघाटन तथा हस्तान्तरण कार्यक्रममा आफ्नो मन्तब्य राख्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बिगतका दिनहरुमा कुतियाकवर बस्तीमा बाढी आएपछि घर भित्र बाढीले बगाएर ल्याएका रुखहरु पसेर बस्तीनै क्षतबिक्षत बनाएको स्मरण गर्दै कुतियाकवर बस्तीमा नेपाली सेना निमार्ण गरेको ‘सेफ हाउस’ ले धनमाल संगै मानविय क्षती रोक्न ठुलो मद्धत गर्ने बताउनुभएको छ् । नेपाली सेनाले दोधारा चाँदनी नगरपालिका संग समन्वय गरि ‘सेफ हाउस’ निमार्ण सम्पन्न गरि मानविय कार्यमा सेनाको सहयोगी कार्य निकै प्रशंसनिय भएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । केही महिना अघि दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर लिम्बू र श्रीदल गुल्मका गुल्मपति सेनानी राजीवजङ्ग ठकुरीले संयुक्त रुपमा उक्त ‘सेफ हाउस’ को शिलान्यास गर्नुभएको थियो । नेपाल–भारत सीमा वस्तीका रुपमा रहेको कुतियाकवर बर्षेनी वर्खामा जोगबुडा र महाकाली नदीको बाढीको उच्च जोखिमका रहने गरेकाले उक्त क्षेत्रका बासिन्दाको सहजताका लागि श्रीदल गुल्म भगतपुर ब्यारेकले ‘सेफ हाउस’ निर्माण कार्य थालेको नेपाली सेनाका शुदुरपश्चिम पृतनापती उपरथी गणेश कुमार श्रेष्ठले बताउनुभएको छ् । उहाँले बाढी नआउदा ‘सेफ हाउस’ को कुनै महत्व नभएपनि बाढी आएको बेला ‘सेफ हाउस’ को ठुलो महत्व रहने बताउनु भएको छ् । कञ्चनपुरमा सेनाले अन्य परियोजना गर्नको लागी सबैको सहयोगको अपेक्षा राखेको नेपाली सेनाका शुदुरपश्चिम पृतनापती उपरथी गणेश कुमार श्रेष्ठले बताउनुभएको छ् । कालान्तरमा यस्ता परियोजनाहरु छनौट गरि संचालन गर्दै जाने उहाँले बताउनुभएको छ् । बर्षातमा बाढी बस्तीमा पस्दा स्थानीय विस्थापित हुने गरेकाले धनमाल संगै मानविय क्षती रोक्न सेनाले कुतियाकवर बस्तीमा ‘सेफ हाउस’ निमार्ण गरेको नेपाली सेनाले जनाएको छ् । कार्यक्रममा ‘सेफ हाउस’ निमार्ण को लागी जग्गा दाता टंकलाल जोशी लगाएत निमार्ण कार्यमा सघाउने सहयोगीहरुलाई नेपाली सेनाले सम्मान गरेको छ् । यस्तै दोधारा चाँदनी नगरपालिका नगर प्रमुख किशोर कुमार लिम्बुलाई सेनाका शुदुरपश्चिम पृतनापती उपरथी गणेश कुमार श्रेष्ठले ‘सेफ हाउस’ को साँचो हस्तान्तरण गर्नुभएको थियो । यस्ता कार्यले नेपाली सेना र नागरिक बीचको सम्बन्ध थप सुमधुर हुने सेनाले विश्वास लिएको छ् । बाढीको उच्च जोखममा रहेको कुतियाकवरमा ४६ घरपरिवारको बसोबास गर्दै आएका छन् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>