Samriddhipost
२०८१ असार २० गते बिहिबार
महेन्द्रनगर
२०८१ असार १८ गते मङ्गलबार

कंचनपुरमा नमुना विध्यालय समेत यि बिद्यालय भए यसईई मा निल

कञ्चनपुरको एक नमुना विद्यालय सहितका ९ सरकारी विद्यालय एसइईमा निल भएका छन । गत शैक्षिक सत्र ०८०मा सम्पन्न भएको माध्यामिक परीक्षा(एसइई)मा जननमुना सहितका ९ सामुदायिक विद्यालय निल भएका हुन । भीमदत्त, बेदकोट, लालझाडीका २÷२ र बेलौरी, पुनर्वास, शुक्लाफाँटा १÷१विद्यालय निल भएका छन । राष्ट्रिय परीक्षा बोर्डले गत चैत्रमा संचालन गरेर एसइई परीक्षामा बेलौरीको जननमुना सहितका ९ सरकारी लगानीमा संचालनमा रहेका विद्यालयले सुन्य नतिजा ल्याएका छन । सरकारी शिक्षक सहित लगानीमा संचालनमा रहेका विद्यालयका एक पनि विद्यार्थी उर्तिण भएका छैनन । शिक्षा विकास तथा समन्वय इकाई केन्द्र कञ्चनपुरको तथ्याङ्क अनुसार बेलौरी नगरपालिका ५ रामनगरको जन नमुना माध्यामिक विद्यालय, पुनर्वास नगरपालिका ७ को बालबागेश्वरी मावि, लालझाडी गाँउपालिका ३ छोटी पर्सियाको सरस्वती मावि, ४ बैजनाथ मावि जाई, शुक्लाफाँटा नगरपालिका ९ सिसैयाका अशिग्राम, बेदकोट नगरपालिका ४ बैतडाको बालज्योती मावि, १० चतहरीको रत्न मावि र भीमदत्त नगरपालिका १५खैरभट्टको लक्ष्मी मावि र १९ बागफाँटाको पञ्चकृत मावि निल भएका हुन । रामनगर बेलौरीको जननमुना माविका १६, पुनर्वास बुद्धबस्तीको बालबागेश्वरी माविका १९, लालझाडी पर्सियाको सरस्वती माविका २०, लालझाडीकै जाई बैजनाथ माविका २२, शुक्लाफाँटा सिसैयाको असिग्राम माविका ३०, बेदकोटको बैतडा बालज्योतीका ३८, बेदकोटकै चतरीको रत्नमाविका ५६, भीमदत्त नगरको खैरभट्ट लक्ष्मी माविका १३ र भीमदत्त नगरकै १९ बागफाँटाका २६ विद्यार्थी एसइईमा सहभागि भएका थिए । उक्त विद्यालयका कुनैपनि विद्यार्थी उर्तिण हुन सकेका छैनन । कञ्चनपुरका ९ सरकारी विद्यालयका २४०पुरै विद्यार्थी फेल भएका छन । उनीहरुको भविष्य अन्धारतर्फ धकेलिएको छ । ८३ निजी र ११७ सरकारी मध्ये उक्त ९ सरकारी मात्रै विद्यालयले एक विद्यार्थीपनि उर्तिण गराउन नसक्दा सर्वत्र आरोप आलोचना भईरहेको छ । एक विद्यार्थीपनि उर्तिण हुन नसकेपछि विद्यालयले दुर्गाग्य भएको प्रतिकृया दिएका छन नमुना, गाँउदेखि शहरबजार पहुँचवाला व्यक्तिहरुले नेतृत्व गरेकै विद्यालयको नतिजा यस्तो चिन्ताजनक आएको भन्दै नागरिक आलोचना गरिरहेका छन । सरकारको लगानीमा भौतिक सरचनादेखि शिक्षक भएपनि एकपनि विद्यार्थी उर्तिण हुन नसक्दा नतिजा बारे गम्भिर समिक्षा हुनुपर्ने आवाज उठिरहेको छ । बेलौरी रामनगरको जननमुना माविका प्रद्यानाध्यापक शिवलाल चौधरीले एसइईको नतिजालाई दुर्गाग्य भएको बताएका छन । नमुना विद्यालयमै १६ मात्रै विद्यार्थी एसइई दिने भएकाले नमुना विद्यालयमा विद्यार्थी आकर्षण समेत नभएको सोही तथ्याङले देखाएको छ । संघीय सरकारले ०७५÷०७६तिर एक निर्वाचन क्षेत्र एक नमुना विद्यालय बनाउने योजना अन्र्तरगत बेलौरी रामनगरको जननमुना माविका नमुना विद्यालय घोषणा गरिएको थियो । अभिभावकले समेत शिक्षक राजनीतिमा लिप्त, विद्यालय समितिका पदाधिकारी भवन ल्याएर कमिसन खान उद्यत, शिक्षाका सरकारी निकाय दिनपास गर्न ठिक्क हुने हुँदा सामुदायिक विद्यालयको स्तर बृद्धि नभएको बताएका छन । अभिभावक प्रदिप प्रशाद रानाले सरकारी विद्यालयमा सरकारको ठुलो लगानी हुँदा फेरीपनि विद्यार्थीबाट रकम अशुल्ने, राजनीतिक, आर्थिक स्वार्थले विद्यालयको स्तर बृद्धि गर्ने, सोही अनुरुप विषयगत शिक्षक राख्न नसक्ने शिक्षक, राजनीतिकदेखि बिना कम्पनीमा बिजी हुने, विद्यार्थी मोबाईलमा बिजी हुँदा पछिल्ला दिनहरुमा सामुदायिक विद्यालयको स्तर खस्किएको बताए । सुन्य नतिजा ल्याएका विद्यालयमामाथि कडाई गर्नुपर्ने उनको सुझाव छ । शिक्षाका सरोकारवाला पक्षले उक्त विषयमा गम्भिर समिक्षा गरेर आगामी दिनमा अघि बढ्नुपर्ने बताएका छन । बेदकोट नगरपालिका शिक्षा शाखा प्रंमुख मन्जु थापाले नतिजा सुन्य आएका विद्यालय सहितका सरोकारवालासंग समिक्षा राखिएको बताईन । शिक्षा विकास तथा समन्वय इकाई केन्द्र कञ्चनपुरका शिक्षा अधिकृत राजेन्द्र प्रशाद भट्टले सामुदायिक तथा निजी विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि शिक्षक, विद्यार्थी दुवैको शिक्षण र सिकाईप्रति प्रतिबद्धता आवश्यक रहेको बताएका छन । कञ्चनपुरमा २ सय विद्यालयका १० हजार ३३५ विद्यार्थी मध्ये ४ हजार, ३४३ विद्यार्थी मात्रै उर्तिण भएको छन । भने आधा भन्दा बढि ५ हजार ९९२ विद्यार्थी अनुतिर्ण भएपछि सर्वत्र आलोचना एव चिन्ता व्यक्त गरिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>