Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
दाेधारा चादनी
२०८१ असार १९ गते बुधबार

लागुऔषध बिरुद्ध अभिभावक र किशोर, किशोरीलाई जनचेतनामुलक कार्यक्रम

दोधारा चाँदनी नगरपालिका– ८ मा लागुऔषध बिरुद्ध सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– ८ वडा कार्यालयको आयोजनामा एक दिने लागुऔषध बिरुद्ध अभिभावक र किशोर, किशोरीहरुलाई जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका– ८ का डाध्यक्ष ओमप्रकाश रोकायाले जानकारी दिएका छन् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ८ का वडाध्यक्ष ओंमप्रकाश रोकाया, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होंम प्रकाश चौधरी, दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा पन्त (लेखक), अभिभावक तथा किशोरी, किशोरीहरुको बाक्लो उपस्थिती रहेको थियो । जनज्योती माध्यमिक बिद्यालयका एक कक्षमा संचालित कार्यक्रममा लागुऔषधको वर्गिकरण उत्पती र बनोटको आधार, असरका आधार, लागुऔषध संग सम्बन्धित अपराधहरु लगाएतका बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा जुन व्यक्तिले लागु पदार्थको प्रयोग गर्दछ, त्यो व्यक्ति दुब्यसनी हुन्छ् र घरपरिवारलाई समेत दुव्र्यससनमा पुर्‍याउछ भन्ने जानकारी गराउदै यसले विश्वव्यापी रुपमा समस्या र अपराधको पिडा दिएको कार्यक्रममा सहजिकरण गरिएको थियो । लागु पदार्थ दुव्र्यसन परिवार, गाँउ, समाज अनि देशका प्रगतिका सबै बाटाहरुलाई अवरोध पुर्‍याई ठप्प पार्ने भएको हुदा अभिभावक तथा युवा पिडीहरुले यस विषयमा समयमै गम्भिर हुनु आवश्यक रहेको प्रशिक्षणमा जानकारी गराईएको थियो । लागुऔषध बिरुद्ध अभिभावक र किशोर, किशोरीहरुलाई ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होमप्रकाश चौधरी र दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा पन्त (लेखक) ले प्रशिक्षण गरेका थिए । कार्यक्रममा लागूपदार्थ दुव्र्यसनको कारण समाजको सामाजिक मूल्य, मान्यता र प्रतिष्ठामा आँच आएको, यसले देशका सामाजिक, साास्कृतिक, राजनैतिक, आर्थिक लगाएत सम्पूर्ण क्षेत्रमा नकरात्मक प्रभाव पारिरहेको, समाजमा हत्या, हिंसा, बलात्कार, लुटपाट, चोरी, डकैती, चेलिबेटी बेचबिखन, पारिवारिक कलह जस्ता गम्भीर समस्या देखा परेको, लागु पदार्थ दुव्र्यसनको कारण अकालमा नै ज्यान गुमाउनु परेको, दुव्र्यसनबाट आमा—बुवा, दाजु—भाइ लगाएत परिवारका सम्पूर्ण सदस्यहरुलाई नराम्रो बोझ, डर र अविश्वास थपेको दोधारा चाँदनी नगरपालिका– ८ का वडाध्यक्ष ओंमप्रकाश रोकायाले बताएका छन् । वडामा लागुऔषध प्रयोग गर्नेको संख्यामा बृद्धि हुदै आएको तथ्यांकको आधारमा वडा कार्यालयबाट समय समयमा लागुऔषध बिरुद्ध बिभिन्न खाले जनचेतनामुलक संचालन गर्दै आएको वडाध्यक्ष रोकायाले बताएका छन् । लागूपदार्थ परिवार, समुदाय र राष्ट्रकै लागि पनि एक जल्दोबल्दो र घातक समस्याको रुपमा रहेको कार्यक्रममा जानकारी गराईएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा पन्त (लेखक) बताएका छन् । समाजलाई विनाश तर्फ डोर्‍याउने लागुपदार्थको दुव्र्यसनलाई नियन्त्रण गरी दुव्र्यसन मुक्त समाजको निर्माण गर्न वडा कार्यालयले गर्दै आएको पहल प्रति अभिभावकहरु खुशी भएका छन् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>