Samriddhipost
२०८१ असार २३ गते आइतबार
महेन्द्रनगर
२०८१ असार १९ गते बुधबार

सुदुरपश्चिमकाे सत्ता समिकरण परिवर्तनका लागि एमाले काग्रेस छलफलमा

केन्द्रीय सत्ता समीकरणमा आएको परिवर्तनसँगै सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठन हुने भएको छ । अहिले नेकपा एमालेसहितको समर्थनमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री छन् । तर, फेरिएको केन्द्रीय समीकरणपछि एमाले र कांग्रेसले नयाँ सरकार गठनको लागि छलफल थालेका छन् ।

नयाँ सरकार गठनबारे दुबै संसदीय दलका नेताहरूले मङ्गलवार राति महेन्द्रनगरमा छलफल गरे । काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाह र एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावलबिच दुबै दलहरूको संयुक्त सरकार बनाउने विषयमा छलफल भएको हो ।छलफलमा नेपाली काँग्रेसका संसदीय दलका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा समेत सहभागी थिए ।

सुदूर पश्चिम सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने र नयाँ सरकार गठनको प्रक्रिया थालनी गर्ने विषयमा छलफल भएको नेपाली काँग्रेसका संसदीय दलका सदस्य प्रकाश बहादुर देउवाले बताए ।उनले छलफल अत्यन्त सौहाद्र्धपूर्ण र सकारात्मक भएको बताए । दुबै दलका नेताले सुदूरपश्चिम प्रदेशमा विकास र सुशासन दिनेगरि सरकार गठन गर्ने विषयमा छलफल भएको उनले बताए ।

‘अहिले सरकार सुस्त मात्रै होइन जनताको अपेक्षा भन्दा बाहिर गएको आभास सबैलाई भएको छ तर, अब कांग्रेस र एमालेको सरकार जनताको भावना अनुसार सुशासन र विकास निर्माणलाई तीव्रता दिने गरि बनाउने विषयमा छलफल भएको हो ’

देउवाले भने ‘अव गठन हुने सरकारले जनतालाई सरकारको आभास दिलाउने विषयमा दुबै दलका नेताहरू बिच कुरा भएको छ । ’उनले केन्द्रमा दुई दलका शीर्ष नेताहरूबिच भएको सहमति अनुसार प्रदेशमा सरकार गठन प्रक्रिया सुरु गर्ने जानकारी दिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>