Samriddhipost
२०८१ असार २३ गते आइतबार
महेन्द्रनगर
२०८१ असार १९ गते बुधबार

अबिरल बर्षाकाे धनगढिका २ पुल बगायाे

कैलालीमा गएराति देखी भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै जिल्लाको कान्द्रा नदीको जलसतहले सतर्कता तह पार गरेको पहलमानपुरस्थित जलमापन केन्द्रले जनाएको छ । जलसतह बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदी तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।
अविरल वर्षाका कारण जिल्लाको घोडाघाडी नगरपालिका–८ तारानगरमा काठको पुल बगाएको छ । नगरपालिकाको बौराहा खोला र कौवा खोलामा आएको बाढीले काठेपुल बगाएको छ । काठे पुल बगाउँदा बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । वडाध्यक्ष वीरबहादुर साउँदका अनुसार विद्यालय हिँडेका विद्यार्थी पुल भाँचिएपछि विद्यालय घुमाउरो बाटोबाट साँडेपानी र बेलकोट हुदै गएका छन् । तारानगर, तिलकेनी, जरै, बछुरियाका स्थानाथीलाई समस्या भएको हो ।
नदीको पारीपट्टि राष्ट्रिय माध्यमिक विद्यालय तारानगर रहेको छ । पुल तरेर विद्यालय जाने विद्यार्थी बाढीले पुल भाँजेपछि त्रैमासिक परीक्षा चलिरहेको विद्यालयमा बुधवारको परीक्षा दिन घुमाउरो बाटो प्रयोग गरेर जान बाध्य भएका हुन् । वडा नम्बर ५ र ७ जोड्ने चोङ्गालीपुर र राजीपुर बिचको काठे पुल बगेको छ। दरख माध्यमिक विद्यालय हरी नगर पढ्ने विद्यार्थी समस्यामा परेका छन् । परीक्षा चलेका कारण पाँच किलोमिटर घुमेर विद्यालय जानु परेको छ ।
यस्तै कैलालीका बिभिन्न क्षेत्र डुवानमा परेका छन् । जिल्लाको कैलारी गाउँपालिकाको बसन्ता क्ष्ेत्र, भजनी लगायतका क्षेत्रमा पानी जमेर जलमग्न बनेको छ । कैलालीसँगै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान, बागमती र मधेश, प्रदेशका थोरै स्थानमा हाल मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज राति पनि बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>