Samriddhipost
२०८१ असार २३ गते आइतबार
महेन्द्रनगर
२०८१ असार १९ गते बुधबार

गड्डाचाैकि नाकामा नेपाल तर्फकाे सडक कालाेपत्रे, यात्रुलाई सहज हुने ।

नेपालकाे पश्चिम नाका कंचनपुरकाे गड्डाचौकी स्थित सीमावर्ती सडक कालोपत्रे गरिएको छ । भीमदत्त नगरपालिका– ११ गड्डाचौकीमा सीमावर्ती सडक कालोपत्रे गरिएको हो । सीमा स्तम्भ ७ देखि पूर्व नेपालतर्फ कालोपत्रे सडक निर्माण गरिएको भीमदत्त नगरपालिका– ११ का वडाध्यक्ष प्रकाश थापाले बताए । वडाध्यक्ष थापाले भीनपा– ११ कै मागअनुरूप सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माणका लागि बजेट दिएको बताए । 

भारतीय पक्षले आफ्नाे भुभागमा पश्चिमदेखि  सीमा स्तम्भ ७ सम्म यसअघि कालोपत्रे गरिसकेको थियो । उनले भने, ‘अहिले हामी नेपाल पक्षले पनि सीमा पिल्लरदेखि पूर्व ६ लेन सडकसम्मै कालोपत्रे गरेका छौँ ।’ सीमा पिल्लरदेखि ६ लेन सडकसम्म झन्डै तीन सय मिटर सडक कालोपत्रे गरिएको वडाध्यक्ष थापाले बताए ।

भारतीय पक्षले आफ्नोतर्फ धमाधम सडक निर्माण गर्ने, तर नेपालतर्फ कालोपत्रे मात्रै नभई सामान्य सडक मर्मत गर्दासमेत अवरोध गर्दै आएको थियो । पूर्वाधार विकास कार्यालय कञ्चनपुरमार्फत चालू आर्थिक वर्षमा खगेन्द्र एन्ड सिंह बिल्डर प्रालिले २३ लाखमा उक्त तीन सय मिटर सडक कालोपत्रेको ठेक्का पाएको थियो । 

सडक कालोपत्रे भएसँगै नेपाल–भारत दुवै देशका यात्रुहरूलाई सहज भएको छ । यसअघि नेपालतर्फ कच्ची सडक हुँदा यात्रुले सास्ती खेप्नुपरेको थियो । सडक कालोपत्रेसँगै यात्रुहरूलाई सहज भएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>