Samriddhipost
२०८१ असार २३ गते आइतबार
महेन्द्रनगर
२०८१ असार २० गते बिहिबार

सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै निर्देशन कार्यान्वयन नभएको पाइएको छ । असार ४ गते माओवादीका ११ सांसदहरूलाई ‘प्रचण्ड’ ले तत्काल दलको नेता परिवर्तन गर्न निर्देशन दिएका थिए । आफूले निर्देशन दिएको साता दिनसम्म पनि दलको नेता नफेरेपछि प्रचण्डले सर्कुलर गरेको पाइएको छ । उक्त सर्कुलरमा वर्तमान संसदीय दलको नेता मानबहादुर धामीबाट गम्भीर त्रुटि हुँदै गएको भन्दै दलको नेतामा स्थायी समिति सदस्य खगराज भट्टलाई बनाउने निर्देशन तत्काल कार्यान्वयन गर्न निर्देशन जारी गरिएको छ ।
‘कमी कमजोरीहरू सुधारका लागि हालै अध्यक्ष कमरेड प्रचण्डको उपस्थितिमा प्रदेश इन्चार्ज ,सह इन्चार्ज र पार्टी प्रदेश अध्यक्ष समेत उपस्थितिमा सबै प्रदेश सभा सदस्यहरू बसी छलफल भयो। छलफलको अन्त्यमा अध्यक्ष कमरेड प्रचण्डले कमी कमजोरलाई सुधार गर्दै दललाई एकताबद्ध गर्न दल नेता परिवर्तन गरी स्थायी समिति सदस्य कमरेड खगराज भट्टलाई दल नेता बनाउन निर्देशन दिनुभयो साथै आगामी दिनमा दलको सहमति र संस्थागत निर्णय प्रणालीलाई दरोसाथ अवलम्बन गर्न निर्देशन दिनुभयो ’ अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको सर्कुलरमा भनिएको छ, ‘दल नेता परिवर्तनको सन्दर्भमा अझै कार्यान्वयनमा ढिलाइ देखिएकाले अभिलम्ब कार्यान्वयनका लागि सम्बद्ध पार्टी समितिका कमरेडहरूलाई निर्देशन गरिएको छ।’
सुदूरपश्चिममा प्रदेश सरकार गठनको सन्दर्भमा प्रदेशसभा दलको बैठक नबस्ने ,सामूहिक रुपमा संस्थागत निर्णय नगर्ने र पार्टीको प्रदेश इन्चार्जको निर्देशनको समेत अवज्ञा जस्ता गम्भीर गल्ती देखिएको उक्त सर्कुलरमा उल्लेख गरिएको छ । पार्टीको संस्थागत पद्धतिको उल्लङ्घन गरेको विषयलाई लिएर पार्टी स्थायी समितिको बैठकले आगामी दिनमा यस्ता प्रकारका कमजोरी नदोहोराउन सचेत गराउँदा पनि प्रदेशको सरकार निर्माणका सन्दर्भमा त्यस्ता कमजोरी दोहोरिएको अध्यक्ष र महासचिवले जारी गरेको सर्कुलरमा छ । असार ४ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदेश सरकारमा मन्त्री पठाउने बेला संसदीय दलको नेता मानबहादुर धामीले एकलौटी गरेको भन्दै पाँच सांसदले प्रधानमन्त्रीलाई गुनासो पोखेका थिए । सबैको कुरा सुनेर प्रधानमन्त्रीले पार्टी बलियो बनाउन र एकताबद्ध बनाउन दलको नेतामा खगराज भट्टलाई नै बनाउनुपर्ने भन्दै निर्देशन दिएका थिए ।
प्रचण्डले निर्देशन जारी गर्दा सभामुखसहित सुदूरपश्चिम प्रदेशका सबै माओवादी सांसद, पार्टी इन्चार्ज गिरीराजमणि पोखरेल, सह इन्चार्ज विना मगर र पार्टी प्रदेश अध्यक्ष हरिराम चौधरी ‘उत्सव’ सहभागी थिए । उनीहरूकै अगाडि प्रचण्डले दलको नेता परिवर्तन गर्नुपर्ने बताए । संसदीय दलका नेता खगराज भट्टलाई माघ २२ गते बहुमतको आधारमा संसदीय दलको नेताबाट हटाइए मानबहादुर धामीलाई जिम्मेवारी दिइएको थियो । त्यो बेला सभामुख बाहेकका १० सांसद मध्य भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए ।
धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५–५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओली सहित, झपट साउद,रमेश धामी, जानकी पौडेल कुवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् । प्रचण्डले दिएको निर्देशन एक सातासम्म पनि कार्यान्वयन नभएपछि निर्देशन कार्यान्वयन गराउनु भन्दै सर्कुलर जारी गरेको पनि एक साता पुगिसकेको छ । तर, अहिले पनि माओवादी संसदीय दलका नेता मानबहादुर धामी नै छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>