Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार २० गते बिहिबार

वन माथिकाे निर्भरता घटाउदै भगवती सामुदायिक वन, बितरण गरे ग्यास चुल्हाे ।

कञ्चनपुरको एक सामुदायिक वनले उपभोक्तालाई ग्याँस चुलो वितरण गरेको छ । शुक्लाफाँटा नगरपालिका ८पारीफाँटामा रहेको भगवती सामुदायिक वन उपभोक्ता समुहले उपभोक्तालाई खाना पकाउने ग्याँस चुलो वितरण गरेको हो । बिहीबार एक कार्यक्रमका विच भगवती सामुदायिक वनले उपभोक्तालाई एलपी ग्याँसचुलो वितरण गरेको हो । भगवती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष केशव धामीले वनमाथिको दाउराको चाप कम गर्नका लागि सामुदायिक वनका ९०उपभोक्ताहरुलाई ग्याँस चुलो वितरण गरिएको बताए । हामीले ५०प्रतिशत अनुदारमा एकै पटक ठुलो संख्यामा उपभोक्ताहरुलाई ग्याँस चुलो वितरण गरेका छौँ, ‘उनले भने, ‘यसबाट उपभोक्ताहरुले वनमाथि दाउराको भार कम गर्छ ।’ अध्यक्ष धामीले विगतमा पनि गरेको र भावि दिनमा पनि वितरण गर्ने बताए । ‘उपभोक्ताहरुलाई खाना पकाउनका लागि ग्याँस चुलो वितरण गरेपछि उनीहरु दाउराका लागि वनमा जाँदैनन, ‘अध्यक्ष धामीले भने, ‘एकातिर वनमाथि दाउराको भार कम अर्कातिर पर्यावरण सरक्षण हुन्छ, उपभोक्ताको समय समेत बचत हुन्छ ।’ ५० प्रतिशत अनुदानमा सामुदायिक वनका उपभोक्ताहरुले ग्याँस चुलो पाएपछि हर्षित भएका छन । उनीहरुले खाना पकाउने ग्याँस चुलो पाएपछि वनमा दाउराका लागि जाने बाध्यता हटेको बताएका छन । सामुदायिक वनले आ–आफ्ना उपभोक्ताहरुलाई यसरी खाना पकाउने ग्याँस चुलो वितरण गरेसंगै वनमाथिको भार कम हुँदै जाने सरक्षणकर्मीको भनाई छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>