Samriddhipost
२०८१ असोज १९ गते शनिबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०८१ असार २२ गते शनिबार

अपाङ्गता फुटवलकाे राैनक खेलाडि हर्षित, सगरमाथा र आर्मि उपाधिका लाडि भिड्दै

नेपालमा खेलकुद क्षेत्रको बिकासका लागि एकाएक चहलपहल बढ्ने गरेको यो पछिल्लो समयमा अपाङ्गता भएका व्यक्तिहरुले खेलिने एम्पुटी फुटबलले काठमाडौमा रौनक ल्याएको छ।

“स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नाराका साथ पारा राष्ट्रिय खेलकुद मा आबद्ध संस्था
एम्पुटी खेलकुद समाज, नेपालको व्यवस्थापनमा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा पारा तथा विशेष खेलकुद प्रतियोगिता-२०८० अन्तर्गत एम्पुटी फुटबल राष्ट्रिय प्रतियोगिताको उद्धघाटन भएको छ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा र एम्पुटी खेलकुद समाज, नेपालको व्यवस्थापनमा र च्यासल रंगशाला ललितपुरमा असार २१ गते शुक्रबार बाट एम्पुटी फुटबल राष्ट्रिय प्रतियोगिता -२०८० को आयोजना गरेको हो।

आज भएको पहिलो खेलमा नेपाल आर्मीले पिस युनाइटेड क्लबलाई ४–० ले हराएको छ । आजै भएको दोस्रो खेलमा सगरमाथा क्लब र राइजिङ युथ क्लब २–२ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा सगरमाथा क्लब १-० गोलले विजयी भयो ।  अब भोलि तेस्रो स्थानका लागि पिस युनाइटेड र राइजिङ फुटबल क्लब बिच बिहान ९ बजे प्रतिस्पर्धा हुने छ। उपाधिका लागि सगरमाथाले नेपाल आर्मीसँग फाइनल खेल्ने एम्पुटी खेलकुद समाज नेपालका अध्यक्ष मदन मान सिंह रोकायाले बताउनु भएको छ।

खेलाडी खेलप्रति आकर्षण हुँदा सांगो व्यक्तिले खेल्ने फुटबल खेलाडी भन्दा एम्पुटी फुटबल खेलाडीले खेल्दा सारै गाह्रो हुन्छ , त्यसैमा खेलाडीको खेलकुद बिकासको लागि राष्ट्रले थोरै लगानी लगाएको छ, त्यो सकारात्मक पनि हो।

बितेका तीन वर्षमा खेलाडी लाई बल हान्न पनि आउन्थेन,अहिले तीन वर्षमा (अभ्यास) प्रशिक्षण निरन्तर गर्दा राम्रो भएको छ। फुटबल प्रशिक्षक चक्र बहादुर तामाङले बताउनु भयो।

उनले भने,आगामी आउँदा दिनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खेल्नको लागि सरकारले आर्थिक रुपमा मोटिभेट गर्दा राम्रो हुन्थ्यो ,एसियामा नेपालको टिमले फाइनल पुग्ने सम्मको बलियो रहेको छ, अब आउँदा दिनमा काठमाडौ बाहिर रहेका खेलाडी लाई प्रशिक्षणमा ल्याउन आर्थिक रुपमा कमजोर रहेको हुँदा सरकारले  बजेट विनियोजन गर्दिदा प्रतियोगिताहरु आयोजना गर्न सजिलो हुने फुटबल प्रशिक्षक तामाङ बताए।

प्रतियोगिता खेल्नको लागि अन्तर्राष्ट्रिय प्रतियोगिता त सोच्नु मात्रै हो, नेपालमै राष्ट्रिय स्तरका प्रतियोगिताको आयोजना हुँदा आफुहरु लाई सहज हुने खेलाडी बताउन्छ। तेस्रो पटक प्रतियोगिता जो आज च्यासल रंगशालामा खेल्न पाउदा सबै जना हर्षित भएका छन् ।  राष्ट्रिय खेलकुद परिषद सदस्य एवम् पारा तथा विशेष खेलकुद प्रतियोगिता संयोजक पेमा लामा श्रेष्ठले प्रतियोगिताको उद्धघाटन गर्नु भएको थियो।
सन् २०१८ मा स्थापना भएको एम्पुटी खेलकुद समाज नेपालको व्यवस्थापनमा प्रतियोगिता आयोजना गरिएको हो । समाजले गरेको यो तेस्रो फुटबल प्रतियोगिता हो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>