Samriddhipost
२०८१ असोज १९ गते शनिबार
महेन्द्रनगर
२०८१ असार २२ गते शनिबार

दार्चुलामा बाढि पहिराेले समस्या ल्याउदै ९२ जना बिस्तापित

दार्चुलामा बाढीले वस्ती जोखिममा पारेपछि ९२ जनाले आफ्नो घर छाडेका छन्।
जिल्लाको मार्मा गाउँपालिकाको गन्याड खोलाको बाढीले बस्ती जोखिममा पारेपछि १४ परिवार विस्थापित भएका हुन्। लगातारको वर्षाका कारण मार्मा गाउँपालिका–४ र ५ को बीचको गन्याड खोलाको बाढीको जोखिमका कारण आसपास बस्तीका ९२ जना घर छाडेर विद्यालयमा बास बसेका छन्। 
असार तेस्रो साताको अन्त्यतिर आएको वर्षाको भलले गन्याड खोलामा बाढी आउन सुरु भएको मार्मा गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र महताले बताए। गन्याड दलित बस्तीका ५ परिवार र बाँकी परिवार मर्मती बस्तीका विस्थापितमा परेको उनले बताए। बाढीको जोखिममा परेपछि केही घरपरिवारलाई स्थानान्तरण गरिएको मार्मा गाउँपालिकाले जनाएको छ।
गाउँपालिका–४ र ५ का १६ घर गन्याड खोलाको बाढीको जोखिममा परेपछि मर्मती क्षेत्रका १४ घरधुरीका ४३ महिला र ४९ पुरुष गरी ९२ जनालाई स्थानान्तरण गरिएको मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिह धामीले बताए। अहिले उनीहरुको स्थानीय विद्यालयमा स्तान्तरण गरिएको छ। बाढीको जोखिमको डरले विस्थापित परिवारहरुलाई हटिनाथ आधारभुत विद्यालय र सुर्यदय आधारभुत विद्यालयमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>