Samriddhipost
२०८१ असोज १९ गते शनिबार
काठमाडौं
बिकास सिह महता बिकास सिह महता
२०८१ असार २२ गते शनिबार

सगरमाथा लाई एम्पुटी फुटबलको उपाधि

नेपालमा खेलकुद क्षेत्रको बिकासका लागि एकाएक चहलपहल बढ्ने गरेको यो पछिल्लो समयमा अपाङ्गता भएका व्यक्तिहरुले खेलिने एम्पुटी फुटबल प्रतियोगिता सम्पन्न भएको छ।


“स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नाराका साथ पारा राष्ट्रिय खेलकुद मा आबद्ध संस्था
एम्पुटी खेलकुद समाज, नेपालको व्यवस्थापनमा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा पारा तथा विशेष खेलकुद प्रतियोगिता-२०८० अन्तर्गत एम्पुटी फुटबल राष्ट्रिय प्रतियोगिता शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो।
 

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा र एम्पुटी खेलकुद समाज, नेपालको व्यवस्थापनमा च्यासल रंगशाला ललितपुरमा असार २१ गते शुक्रबार बाट सुरु भएको एम्पुटी फुटबल राष्ट्रिय प्रतियोगिता -२०८० असार २२ गते शनिबार सकिनुका साथै उपाधि सगरमाथा फुटबल क्लबले जितेको छ।

शनिबार तेस्रो स्थानका लागि पिस युनाइटेड र राइजिङ फुटबल क्लब बिच बिहान ९ बजे भएको खेलमा पिस युनाइटेडले ३-१ गोलको अन्तरले राइजिङ फुटबल क्लब लाई हराउदै प्रतियोगिताको तृतीय स्थान हासिल गरेको आयोजकले बताएको छ।

उपाधिका लागि सगरमाथा फुटबल क्लब र नेपाल आर्मी बिच प्रतिस्पर्धा भएको खेलमा निर्धारित समयमा गोलरहित बराबरी भएको थियो। उक्त खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा ३-३ गोलको बराबरी संगै सटन देथमा सगरमाथाले उपाधि जितेको हो। प्रतियोगिता उत्कृष्ट खेलाडी त्रिभुवन आर्मिका प्रकाश बस्नेत भएको छन्। भने उत्कृष्ट गोलरक्षक बिकाश सिंह महता घोषित भएका छन्।

समापन कार्यक्रमका सभापति एम्पुटी खेलकुद समाज, नेपालका अध्यक्ष मदन मन सिङ रोकाया प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद सदस्य एवम् पारा तथा विशेष खेलकुद प्रतियोगिता संयोजक पेमा डोल्मा लामा र अतिथिमा प्रशिक्षक चक्र तामाङ  रहनु भएको थियो। उक्त प्रतियोगिताको पुरस्कार प्रमुख अतिथि डोल्मा लामाले हस्तान्तरण गर्नु भएको थियो।

आगामी मंसिर महिनामा कर्णाली प्रदेशमा हुने दशै राष्ट्रिय खेलकुद प्रतियोगितामा पारा राष्ट्रिय खेलकुद लाई पनि विशेष रुपमा छुट्टै प्रतियोगिता आयोजना हुने हुँदा तयारि गर्नु पर्ने र यस्ता खालका पारा विशेष लाई मध्यनजर गर्दै आगामी दिनमा राष्ट्रिय खेलकुद परिषदले गर्ने सहयोग निरन्तर रहनेछ। जसमा पारा ओलम्पिक कमिटीका दुई धार एउटै धारमा आउन समेत प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद सदस्य एवम् पारा तथा विशेष खेलकुद प्रतियोगिता संयोजक पेमा डोल्मा लामा आग्रह गर्नु भयो।

सन् २०१८ मा स्थापना भएको एम्पुटी खेलकुद समाज नेपालको व्यवस्थापनमा प्रतियोगिता आयोजना गरिएको हो । समाजले गरेको यो तेस्रो फुटबल प्रतियोगिता हो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>