Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार २२ गते शनिबार

काग्रेस संसदिय दलले गरे यस्ता निर्णय

नेपाली कांग्रेसले नेकपा (एमाले)सँग भएको सहमतिअनुसार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार बन्ने दाबी गरेको छ । शनिबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकबाट यस्तो जिकिर गरिएको हो ।
अब बन्ने नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र दुई दलबीचको सहमति कार्यान्वयनमा दृढ रहेको निष्कर्ष निकालिएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिने पत्र संसद् सचिवालयमा दर्ता गराएको र त्यसको विपक्षमा उभिने निर्णय गरिएको उनले बताए ।
कांग्रेस–एमालेबीचको राष्ट्रिय सरकार गठन गर्ने सहमतिको समर्थन गर्दै स्वागत गर्ने निर्णय गरिएको लेखकले जानकारी दिए ।
राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन, शिथिल अर्थतन्त्रलाई क्रियाशील, संविधान कार्यान्वयनका सवालमा देखिएका सबल र कमजोर पक्षको समीक्षा गरेर आवश्यक संशोधन गर्नेतर्फ नयाँ सरकार दृढतापूर्वक लाग्ने उनले विश्वास व्यक्त गरे । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>