Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ भदौ ०८ गते शनिबार

आज बिरुडा पन्चमी, यसरी मनाइन्छ गाै:रा

नेपालका सुदूरपश्चिम, कर्णाली र भारतकाे उत्तराखण्डमा मुख्यगरि मनाईने महान् पर्व गौरा आजदेखि सुरु भएको छ। भव्य रुपमा मनाइने गौरा पञ्चमीदेखि सुरु हुने यो पर्वको आज शनिबार पहिलो दिन घरघरमा बिरुडा भिजाँइदै छ।
गौराको पहिलो दिन बिरुडा पञ्चमी, घरघरमा बिरुडा भिजाउने गरिन्छ। गहत, गुराउस, केराउ, मास र गहुँ गरि ५ अन्न मिसाएर बिरुडा भिजाउने चलन छ। केही समय पहिलेसम्म सुदुरपश्चिम, कर्णालीका केही ठाउँ र उत्तराखण्डमा मात्रै मनाइने गौरा पछिल्लो समय यहाँका मानिस पुगेका देश बिदेशमा पनि भव्यताका साथ मनाउन थालिएको छ।
शनिबार भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउ वा पोखरीमा लगेर धुने गरिन्छ। सोही दिन बिरुडा धुनुका साथै विभिन्न धार्मिक तथा प्राचीन महत्त्वसँग जोडिएका धार्मिक गाथा,  फाग, धमारी चाचरी, सगुना,देउडा लगायातका गीत/गाथा गाउनुका साथै भारी खेल खेलेर सुदूरबासी रमाउने गर्दछन्।
अमुक्ताभरण सप्तमीको दिन गौरालाई गौरा घरमा भित्र्याउने गरिन्छ। त्यो दिन व्रतालु महिलाहरूले साँझ गौरा घरमा गौराको पूजा गर्ने चलन रहिआएको छ।
बिरुडा भिजाइसकेपछि गणेश कलश स्थापना गरी आफ्नो कूल देवताको पूजा गर्ने तथा फाग गाएर गौरा पर्व मनाउने गरेको अठाेला ज्याेतिष पण्डित तथा शिक्षक मेखराज जाेशीले बताए । 
गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूले गौराघरमा शिव र गौरीको पूजा अर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गर्दछन्। यस पर्वमा शिव र पार्वतीको प्रेम अनि विवाहको स्मरण गर्दै विधिपूर्वक शिव पार्वतीको पूजा आराधना गरेर महिलाहरूले व्रत बस्ने गर्दछन्।
यस्तै पुरुष र महिलाहरूले ५ दिनसम्म गौरा महेश्वरको पूजाआजा गरी धमारी, फाग, देउडा जस्ता गीत गाउने र देउडा खेल्ने गर्छन्। शिव र गौरी अर्थात् गौराको पूजा आराधनाले मनोकांक्षा पूरा हुने, पारिवारिक सुख र सौभाग्य प्राप्त हुने मान्यता रहेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>