Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ २१ गते शुक्रबार

मार्जिन कम भएपछि स्यामसुङ्गकाे काराेबार छाडे माेवाईल ब्यावसायीले

सामसुङ मोबाइल कम्पनी सामसुङ नेपालले सुदुरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरेको ‘सामसुङ रिटल मीट’ कार्यक्रम मोबाइल व्यवसायीहरुले बहिष्कार गरेका छन् ।मोबाइल व्यवसायीहरुले व्यवसायीको समस्या राख्दै गर्दा सामसुङ नेपालका प्रतिनिधिहरुले सुन्न नचाहेपछि मोबाइल व्यवसायीहरुले कार्यक्रम नै बहिष्कार गरेका हुन् ।
सो क्रममा व्यवसायी र कम्पनीका प्रतिनिधिहरुबिच भनाभन नै भएको हो । नेपाल मोबाइल व्यवसायी महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष शुरेस सापकोटाले व्यवसायीहरुले कार्यक्रममा कम्पनीसँग सम्वन्धित समस्या राख्दै गर्दा अवरोध गरेपछि कार्यक्रम नै बहिष्कार गरिएको जानकारी दिए।
‘हामीले सामसुङ नेपालका प्रतिनिधिसँग व्यवसायीका समस्याकाबारे आफ्ना कुरा राख्दै गर्दा उहाँहरुबाट समस्या सुन्नै नचाहेको प्रतिक्रिया पायौं, त्यसपछि व्यवसायीहरु कार्यक्रममा बस्नुको अर्थ रहेन, हामी बहिष्कार गरेर हिड्यौं,’ नेपाल मोबाइल व्यवसायी महासंघका सुदुरपश्चिम प्रदेश अध्यक्ष सापकोटाले भने ।
बिहीबारका लागि आयोजना गरिएको कार्यक्रममा सो प्रदेशका नौ जिल्लाका एक सय भन्दा बढी मोबाइल व्यवसायीहरु सहभागी थिए भने कार्यक्रम धनगढी हसनपुरस्थित डिभोटी होटलमा आयोजना गरिएको थियो ।
पछिल्लो समय मोबाइल व्यवसायीहरुले मोबाइल फोनको कारोबारमा व्यवसायीहरुले प्राप्त गर्ने मार्जिन बढाउनु पर्ने माग गर्दै आइरहेका छन् । उनीहरुले अन्य कम्पनीहरुले व्यवसायीलाई दिने मार्जिन बढाउँदा पनि सामसुङले नबढाएको भन्दै असन्तुष्टी जनाउँदै आइरहेका छन् । मार्जिन नबढाउने भएपछि माेवाईल ब्यावसायीहरुले प्रदेशभरि आज शुक्रबार देखि २७ गते सम्म माेवाईल डिस्ले नगर्ने । माेवाईल बिक्रि नगर्ने  र किस्ताका रकम समेत नउठाउने निर्णय गरिएकाे कंचनपुर अध्यक्ष रमेश चन्दले बताएका छन ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>