Samriddhipost
२०८१ असोज १९ गते शनिबार
महेन्द्रनगर
२०८१ असोज १८ गते शुक्रबार

दशैकाे दाेस्राे दिन ब्रह्मचारिणी देविकाे यसरी पुजा गरि मनाइन्छ ।

आज २०८१ साल आश्विन महिनाको १८ गते आश्विन शुक्ल द्वितीया तिथि पर्न गएको छ । यस दिन हिन्दु धर्मावलम्बीले ब्रह्मचारिणी भगवती देवीको पूजाअर्चना गर्दछन । 
यस्ताे छ पुजा बिधी
स्नानादि सबै कुराबाट निवृत्त भइसकेपछि पूजाकोठामा प्रस्थान गर्नुहोस् । सबैभन्दा पहिला आफ्नो गुरु मन्त्रको जप गर्नुहोस् । त्यसपछि मात्रै जतिसक्दो धेरै भगवती माताका मन्त्र जप गर्नुहोस् । यसो गर्नुभयो भने तपाईंहरूले अत्यन्त धेरै शक्ति प्राप्त गर्न सक्नुहुनेछ । 
‘ॐ माधवाय नमः स्वाहा ।ॐ केशवाय नमः स्वाहा ।ॐ नारायणाय नमः स्वाहा ।ॐ गोविन्दाय नमः स्वाहा ।’भन्दै आचमन गर्नुहोस् । त्यसपछि कर्मपात्रको पूजा गर्नुहोस् । त्यहाँबाट हातमा जौ, तिल, कुश, जल लिएर सबैतिर सेचन गर्नुहोस् । 
कुशको टुक्रालाई भुईंमा राखिदिनुस् । त्यसपछि ‘ॐ अर्घपात्राय नमः’ भनेर अर्घको पूजा गर्नुहोस् । 

त्यो अर्घको जल ‘ॐ सूर्यनारायणाय नमः’ भनेर सूर्य देवतालाई जल अर्पण गर्नुहोस् । 
अब पालो आउँछ दियो पूजाको । सबैभन्दा पहिला ‘ॐ दीप नारायणाय नमः’ भन्दै पूजा गर्नुहोस् । आशनम् समर्पयामि दीप नारायणाय नमः पाद्यं समर्पयामि दीप नारायणाय नमः अघ्र्यं समर्पयामि दीप नारायणाय नमः आचमन्यं समर्पयामि दीप नारायणाय नमः पञ्चामृतम् समर्पयामि दीप नारायणाय नमः शुद्धोदक स्नानं समर्पयामि दीप नारायणाय नमः भनेर सबै कुरा अर्पण गर्नुहोस्— चन्दन, फूल अक्षता, जौ–तिल । त्यसपछि जौ–तिल र फूल लिएर दियोको प्रार्थना गर्नुहोस् । ‘शुभम् भवतु कल्याणम् । आरोग्यम् धन संपदा ।।ममः पाप बिनासाय दीपज्योर्तिनमोऽस्तुते ।भन्दै दीप नारायणको प्रार्थना गर्नुहोस् ।’
अब पालो आउँछ कलश पूजाको ।कलशको पूजा गर्दा ‘ॐ कलश गरुणाय नमः’ भन्दै सबैभन्दा पहिला फूल र अक्षता चढाउन्होस् । 
त्यसपछि आशनम् समर्पयामि कलश गरुडाय नमः पाद्यं समर्पयामि कलश गरुडाय नमः अघ्र्यं समर्पयामि कलश  गरुडाय नमः आचमन्यं समर्पयामि कलश गरुडाय नमः पञ्चामृतम् समर्पयामि कलश गरुडाय नमः शुद्धोदक स्नानं समर्पयामि कलश गरुडाय नमः भनेर कलश गरुडको पनि पूजा अर्चना गर्नुहोस् । त्यसपछि कलशको पनि प्रार्थना गर्नुहोस् । 
अब पालो आउँछ गणेश भगवानको पूजा गर्ने । वरिपरि पहिला पूजा गररेका फूलहरू छन् भने ती फूलहरूलाई निकालेर पवित्र ठाउँमा लगेर सेलाइदिनुहोस् । अनि गणेशको मूर्तिलाई धोई पखाली गरेर पहिलाकै ठाउँमा राख्नुहोस् । ऊँ गम गणपताय नमः भन्दै आफूले अर्पण गर्ने वस्तुहरूलाई यही मन्त्र पढ्दै गणेश भगवानको पूजा अर्चना गर्ने । 
आशनम् समर्पयामी गम गणपताय नमः ।पाद्यं समर्पयामि गम गणपताय नमः ।अघ्र्यं समर्पयामि गम गणपताय नमः । आचमन्यं समर्पयामि गम गणपताय नमः । पञ्चामृतम् समर्पयामि गम गणपताय नमः । शुद्धोदक स्नानं समर्पयामि गम गणपताय नमः । भन्दै सबै कुरा अर्पण गर्ने । चन्दन, फूल, अक्षता, जौ तिल, सिन्दुर, लाभा, अर्पण गरिदिनुहोस् । फूल, माला, अर्पण गर्नुहोस् । उपलब्ध छन् भने विशेष गरी पान, मेवा, तिलका लड्डु सबै पनि अर्पण गर्नुहोस् । 

दोस्रो दिनमा ब्रह्मचारिणी भगवति देवीको आह्वान गरेर पूजा गर्नुपर्छ । यसका लागि ‘आशनम् समर्पयामि ॐ ब्रह्मचारिणी भगवती देव्यै नमः’ भनेर कुशको टुक्रा अर्पण गर्ने । पाद्यं अर्थात् पाउ धुनलाई जल अर्पण गर्ने । 
‘अघ्र्यं समर्पयामि ॐ ब्रह्मचारिणी भगवती दुर्गा देव्यै नमः’ भनेर अर्घको जलमा ‘आचमन्यं, शुद्धोदक स्नानं समर्पयामि’ भनेर सबै कुरा अर्पण गर्नुहोस् । 
अब भगवतीलाई राता वस्त्रहरू अर्पण गर्नुपर्छ । चन्दन, सिन्दुर, राता अक्षता, फूलमाला पनि अर्पण गर्नुपर्छ । 
दोस्रो दिनमा विशेष गरी ब्रह्मचारिणी भगवती देवीलाई पट्ट वस्त्र, सिन्दुर, चोलोको कपडा, धागो, काइँयो आदि अर्पण गरेर भगवती माताको पूजाअर्चना गर्नुपर्छ । 
आरती, पुष्पाञ्जलीहरू गरिसकेपछि अन्तिममा ब्रह्मचारिणी भगवती देवीसँग क्षमा माग्नुपर्छ । 
‘हे माता ! जानी–नजानीकन आज मैले दोस्रो दिनको पूजा गरेँ । पूजा गर्दा कुनै पनि प्रकारको भुलचुक भएको रहेछ भने मलाई माफ गरिदिनुहोस्’ भनेर बिहानको पूजा सम्पन्न गर्नुपर्छ । 
यस्तै, साँझको समयमा भगवती माताको दिव्य आरती गर्नुपर्छ । पुष्पाञ्जली अर्पण गर्नुपर्छ । आउँछ भने विभिन्न प्रकारका स्तोत्र वाचन गर्नुहोस् । आउँदैन भने श्रवण मात्रै भए पनि गर्न सकिन्छ । यसरी नवरात्रिको दोस्रो दिनको पूजा सम्पन्न हुन्छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>