कञ्चनपुर जिल्ला लागू औषध कारोबारको अखडा बनेको चर्चा त जताततै सुनिन्छ । गत विगतमा प्रहरीले ससाना मात्राका कारोबारी र ओसारपसार गर्ने व्यक्तिहरूलाई पक्राउ गरेका समाचार त दिनहुँ प्रायः सुनिन्थे । मंगलबार भने प्रहरीले खैरो हेरोइन कारोबारी पक्राउको नयाँ रेकर्ड बनाएको छ । मंगलबार साँझ कञ्चनपुरको पुनर्वास स्थित आईबीआरडीबाट ठूलो मात्रामा लागू औषध कारोबार गरिरहेका दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा कञ्चनपुर स्थित लागू औषध नियन्त्रण ब्युरो महेन्द्रनगर, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र अस्थायी प्रहरी पोष्ट आईबीआरडीबाट खटिएको संयुक्त टोलीले ११८ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन सहित पर्सा घर भई धनगढी अस्थायी ठेगाना बताउने ३० वर्षीय अमित कुमार वर्णवार र कञ्चनपुरको बेलौरी नगरपालिका २ टेडुवा बस्ने ४३ वर्षीया सीतादेवी चौधरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया