Samriddhipost
२०८३ असोज १९ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज १९ गते सोमबार

राजनीतिक संस्कार र मर्यादामाथि गम्भीर प्रश्न

खुलामञ्चको प्रसङ्ग जोडेर सामाजिक सञ्जालमा कटाक्ष गरेका प्रधानमन्त्री बालेन शाहमाथि जेनजी अभियन्ता रक्षा बमले शब्द प्रहार गरेकी छन्।
नयाँ पुस्ताको आन्दोलन, रगत र बलिदानकै जगमा सामान्य राजनीतिक संस्कारसमेत नभएका व्यक्तिहरू मुलुकको प्रधानमन्त्री, मन्त्री र सांसद बन्न पाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत तीखो जवाफ फर्काएकी हुन्।
प्रधानमन्त्री शाहको व्यङ्ग्यात्मक स्टाटस लगत्तै आइतबार फेसबुकमा लेख्दै अभियन्ता बमले भनेकी छन्, ‘धन्न जेन-जीहरूले आन्दोलन गर्दिएर, रगत बगाइदिएर, घाइते/सहिद भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्।’
यसअघि खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले प्रधानमन्त्री संसद्‍मा उपस्थित नहुने गरेको भन्दै प्रश्न उठाएका थिए।
त्यसलगत्तै प्रधानमन्त्री शाहले ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए।
प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लक्षित गर्दै अभियन्ता बमले उनकै शैलीमा राज्यको उच्च तहमा पुगेका नेतृत्वको राजनीतिक संस्कार र मर्यादामाथि गम्भीर उठाएकी हुन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>