Samriddhipost
२०८१ मङि्सर २५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक ३० गते शुक्रबार

सेमिफाइनलको पहिलो खेलमै खेलमैदानमा खेलाडी माथी कुटपिट


कञ्चनपुरको पुनर्वासमा भईरहेको फुटबल प्रतियोगितामा लफडा मच्चिएको छ । त्रिभुवन युवा क्लब (टिवाईसी) ले पुनर्वास नगरपालिका वडा नं.६ (ङ) गाँउमा आयोजना गरेको क्षेत्र नम्बर १ स्तरिय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा लफडा मच्चिाएको हो ।

बिहिवार भएको पहिलो सेमिफाईनल खेलमा खेलमैदानमै दादागिरीशैलीमा खेलाडीमाथि कुटपिट भएको छ । सिद्धार्थ युवा क्लब पुनर्वासका खेलाडी बिमल तामाङ्ग, सलमान तामाङ्ग र अर्पण तामाङ्गले झिलमिला युवा समाज बेलडाँडीका खेलाडी करन पाललाई लात्ता प्रहार गरेर कुटपिट गरेका छन ।

 खेलकुञ्जले समेत प्रत्यक्ष प्रसारण गरेको भिडियोमा समेत दुवै टिमविच दुई खेलाडी लडेपछि सिद्धार्थ युवा क्लबका खेलाडीले झिलमिला समाजका खेलाडी पाललाई पछाडीबाट लात्ता प्रहार गरेर कुटपिट गरेका दृश्य देखिएको छ। अनुशासनको सिमा नै नाघेको र यो खेलाडीमा हुनुपर्ने आधारभूत गुण विपरितको गतिबिधी भएकोदेखिन्छ ।

खेलको निर्धारित समय सकिएपछि थप ५ मिनेट इन्जुरी समयको ३ मिनेट बाकी रहदा प्रतियोगितामा सिद्धार्थका खेलाडीले झिलमिलाका खेलाडीमाथि कुटपिट गरेपछि खेल अवरुद्ध भएको थियो । झिलमिलाले सिद्धार्थलाई ३–२ गोल अन्तरले पछि पारेको थियो । झिलमिलाका खेलाडी कुटिएपछि क्लबले बिमल, सलमान र अर्पण बिरुद्धमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती पुनर्वासमा कार्बाहीका लागि उजुरी दिएको छ ।

सिद्धार्थ युवा क्लबका अध्यक्ष प्रकाश तामाङ्गले कुटपिट गर्ने खेलाडीको नाम काटेको भएपनि खेलाएर उधुम मच्चाएको बताए । नहुने पर्ने घटना घटेपनि दुखत भएको उनको भनाई छ । सिद्धार्थ बाट खेल्ने टिमलाई नै अनुशासन कार्यवाही गरिने बताएका छन् ।

त्रिभुवन युवा क्लब (टिवाईसी) का सचिव भरत बोहराले दुखत घटना भएकाले प्रहरीमा उजुरी परेको छ । ‘यो खेल र खेलाडीका लागि दुखत घटना हो, खेल चलिरहेका बेला खेलाडीमाथि हातपात हुनु निन्दनिय छ, ‘उनले भने, ‘यस्ता अनुशासन बिहिन खेलाडीलाई सम्बन्धीत क्लबदेखि सरकारी निकायले कार्बाही गर्नुपर्छ ।’ 

कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दले खेल चलिरहेकै बेला फिल्डमै प्रतिस्पर्धी खेलाडीबाट खेलाडी कुटिनु अन्त्यन्तै दुखत भएको बताए । ‘यो विषयमा रेफ्रि स्वयमले निर्णय लिनुपर्छ, सम्बन्धीत क्लबबाट कार्बाहीको सिफारिस आए संघले पनि यस्ता अनुशासनहिन खेलाडीलाई कार्बाही हुन्छ, ‘उनले भने, ‘खेल क्षेत्रमा यस्ता दुखत विषय हुन दुखत हो ।’ 

ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज महेश बिक्रम शाहीले उजुरीका आधारमा घटनाको छानबिन गरेर कार्बाही गरिने बताए । केही दर्शकले हार्न लागेको अवस्थामा सिद्धार्थको टिमका खेलाडीले आक्र्रोसमा कुटपिट गरेको बताईरहेका थिए । यसरी बिना कारण खेलाडी कुटपिट गर्ने माथि कानुनी कार्बाही नभए अन्य खेलाडीले समेत फुटबल नखेल्ने चेतावनी दिएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>