Samriddhipost
२०८१ मङि्सर २५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर १४ गते शुक्रबार

संगै मर्ने बाच्ने कसम खाएकि श्रीमतिले सियारामलाई मारेर शाैचालय पुर्याएपछि

संगैबाँच्ने संगैमर्ने कसम खाएर जिवनयात्रा शुरु गरेकी कञ्चनपुरकी एक महिलाले आफ्नै श्रीमानको हत्या गरिदिएकी छिन । 
घरसायी विवाद भएपछि सुतेका श्रीमानलाई श्रीमतीले ईटा प्रहार गरेर ओछ्यानमै हत्या गरिदिएकी हुन । यो घटना कञ्चनपुर बेलौरी नगरपालिका ६ भुराकोट गाँउको हो । 
१३ मंसिर बुधबार साँझ साढे ७ बजेतिर घरकै शौचालयमा मृत भेटिएका भुराकोटका ४९ बर्षिया सियाराम रानाको हत्या ४३ बर्षिया श्रीमती जनक कुमारी रानाले गरेको खुलेको प्रहरीले जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उमेशराज जोशीले सियाराम शौचालयमा मृत भेटिएको खबर आएपछि ईप्रका बेलौरीको प्रहरी निरीक्षक भाष्कर चन्द टोलीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीलाई सियाराम राना चिप्लेर मरेको खबर आएको थियो । प्रहरी घटना स्थल पुग्दा शौचालयमा चिप्लिएर मरेको खबर भएपनि प्रहरी घटना स्थल पुग्दा अली पर घरमै ग्यालरीमा सिरकले छोपेको भेटिएपछि प्रहरीलाई थप शंका भएको थियो । भनिए अनुरुप शौचालय र बाथरुमा लडेको जस्तो नदेखिएको, मृतकको टाउकोमा काटिएको चोटहरु देखिएको जुन सस्कापद थिए । प्रहरीले घटना संस्कापद मानेपछि घरभित्र खानतलासी गर्दा कोठा, कुर्सी, टेबुल, ढोका लगायतमा रगत देखिएको, खाटमुनी पनि रगत र रगत लागेको आधा ईटा भेटिएपछि प्रहरीले रानाको चिप्लिएर मृत्यु नभई हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेर अनुसन्धान अघि बढाएको प्रवक्ता जोशीले बताए । प्रहरी थप दराजभित्र प्लाष्टिकको सानो जेब्रा झोलमा महिला र पुरुषले लगाउने लुगा समेत रगतले भिजेको अवस्थामा फेला पारेको थियो । 
मृतक राना अटो चालक र मदिरा खाने भएकाले श्रीमतीसंग निरन्तर विवाद भईरहने र १३ मंसिर बिहान पनि विवाद भएको प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता जोशीले उक्त घटना शस्कापद लागेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा रानाकी श्रीमती जनकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको बताए । प्रारम्भिक अनुसन्धानकै क्रममा जानकीले श्रीमानलाई आफुले सुतेका बेला ईटा प्रहार गरेर हत्या गरेको स्वीकार गरेकी छिन । प्रहरीले घटनाको अनुसन्धान गर्नका लागि जनकको अदालतबाट १०दिनको म्याद थपेको छ । राना दाम्पतीका १ छोरी छिन । क्षणभरमै श्रीमान श्रीमतीविच वाद विवादले हत्यामा परिणत भएपछि राना परिवारमा बज्रपातका साथै छोरीको विचल्ली भएको छ । प्रहरीलाई आएको प्रारम्भिक सुचनाकै भरमा प्रहरी अघि बढेको भए श्रण भरमै हत्याराले उन्मुक्ति पाउने अवस्था भएपनि प्रहरीको चलाखीपन गम्भिरताले सियारामका हत्यारा पक्राउ गर्न प्रहरी सफल भएको छ । 
घटनाको थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । केही बर्ष अघि बेलौरीमै एक अर्की महिलाले पनि श्रीमानको हत्या गरिदिएका थिए । पछिल्ला बर्षहरुमा श्रीमानले श्रीमती श्रीमतीले श्रीमानको हत्याक्रम कञ्चनपुरमा बढिरहेका छन । समाजमा बढिरहेको अमानवियताले श्रीमान श्रीमती एक अर्काका हत्यारा बनिरहेका छन । यसरी श्रीमतीबाट श्रीमान र श्रीमानबाट श्रीमतीको हत्या प्रकरणले समाज आक्र्रान्त बन्दै गएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>