Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष ०२ गते मङ्गलबार

सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स क्वालिफायर तथा चितवन राइनोज् र कर्णाली याक्स इलिमिनेटरमा खेल्ने

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको खेलहरु सकिएका छन् । लिग चरणको अन्तिम खेलमा सुदुरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएसगै प्लेअफको समीकरण पनि पूरा भएको छ। अन्तिम खेलबाट टुंगो लागेको प्लेअफमा पुग्ने अन्तिम टोली कर्णाली याक्स परेको छ।

सोमबार सुदूरपश्चिम संग पराजितका बावजूद कर्णाली रनरेटका आधारमा समान अंक भए पनि काठमाण्डाैलाई पछाडि पार्दै प्लेअफमा प्रवेश गरेको हो।

कर्णालीले अब इलिमिनेटरका लागि चितवन राइनोजसंग खेल्नेछ। कर्णालीलाई पराजित गरेसंगै प्रतियोगिताको शीर्ष स्थानमा पुगेको सुदुरपश्चिमले फाइनल प्रवेशका लागि जनकपुर बोन्ट्सको सामना गर्नेछ। यो खेलको विजेता सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टिमले चितवन र कर्णालीबीचको विजेतासंग फाइनल प्रवेशका लागि खेल्नेछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार कर्णालीले दिए‌को एक सय दुई रनको लक्ष्य सुदूरपश्चिमले १५ दशमलब २ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेकाे सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले समान ३८/३८ रन बनाए।
यस्तै सैफ जैवले ११. विनोद भण्डारी र आरिफ सेखले समान ४४ रन बनाउँदा ब्राण्डोन म्याकमुलेनले तीन रन जोडे। सुदूरपश्चिमले अतिरिक्त ७ रन प्राप्त गर्यो। बलिङतर्फ कर्णालीको लागि कप्तान सोमपाल कामी, विपीन शर्मा र नन्दन यादवले समान एक एक विकेट हात पारे।

त्यसअधि टस हारेर व्याटिङको निम्तो पाए‌को कर्णालीले निर्धारित २० ओभरमा दश विकेट गुमाएर एक सय एक रन बनाए‌को थियो। कर्णालीका लागि जिशान मकसूदते सर्वाधिक ३० रन बनाए। उनले २५ बलमा ४ चौकाको मद्दतले ३० रन बनाएका हुन्। विलियम बोसिस्टीले १६, बावर हयातले १३, कप्तान सोमपाल कामी र चाड़विक बान्टनले समान ११/ ११ रन बनाए।
यस्तै, कणांलीको लागि देव खनालले २. अर्जन घर्तीले अविजित रहदै ३र गुलसन झाले २ रनको योगदान दिए। कर्णालीले अतिरिक्त ८ रन प्राप्त गर्यो। बलिङतर्फ सुदुरपश्चिमका लागि हरमित सिंहले सर्वाधिक तीन विकेट लिए। यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरी र स्कट कुम्गेलिजनले समान दुई दुई विकेट लिंदा सैफ जैवले एक विकेट हात पारेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>