Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
अमेरिका
प्रकाश दत्त भट्ट प्रकाश दत्त भट्ट
२०८१ पुष ११ गते बिहिबार

कुम्भ मेला: खगोलिय, पौराणिक र ज्योतिषीय महत्व

खगोल गणनाका आधारमा कुम्भ मेला मकर संक्रान्तिका दिनबाट सुरु हुन्छ। यस दिन सूर्य र चन्द्र वृश्चिक राशिमा रहन्छन् भने वृहस्पति मेष राशिमा प्रवेश गर्छन्। यस संयोगलाई “कुम्भ स्नान-योग” भनिन्छ र यस दिनलाई अत्यन्तै शुभ मानिन्छ। यो दिन पृथ्वीबाट उच्च लोकतर्फको द्वार खुल्ने विश्वास गरिन्छ। त्यसैले, यस दिन गंगा नदीमा स्नान गर्दा आत्माले उच्च लोक प्राप्त गर्न सक्ने मान्यता छ। गंगामा स्नानलाई साक्षात् स्वर्ग दर्शन सरह मानिन्छ।

कुम्भ शब्दको अर्थ
‘कुम्भ’ को शाब्दिक अर्थ घडा, सुराही, वा कुनै पात्र हो। वैदिक ग्रन्थहरूमा यसको उल्लेख भएको पाइन्छ। पौराणिक कथाहरूमा यो अमरत्व (अमृत) को प्रतीक मानिन्छ। ‘मेला’ शब्दको अर्थ कुनै ठाउँमा भेला हुनु, सामूहिक रुपमा उपस्थित हुनु हो। यसरी ‘कुम्भ मेला’ को अर्थ अमरत्वको मेला हो।

ज्योतिषीय महत्व
पौराणिक विश्वास जे भए पनि ज्योतिषशास्त्रका अनुसार कुम्भ मेला बृहस्पतिको कुम्भ राशिमा प्रवेश र सूर्यको मेष राशिमा प्रवेशसँग सम्बन्धित छ। ग्रहहरूको यो स्थिति गंगाको जललाई औषधीय बनाउँछ। ती दिनहरूमा गंगाको पानी अमृतमय हुने विश्वास छ। यसले गर्दा लाखौं श्रद्धालुहरू आत्मशुद्धिका लागि यहाँ स्नान गर्न आउँछन्।

आध्यात्मिक दृष्टिकोणले अर्धकुम्भ र कुम्भ मेलाको समय एकाग्रता र ध्यान साधनाका लागि उत्कृष्ट मानिन्छ। हिन्दू धर्मका सबै चाडपर्वहरू श्रद्धा र भक्ति साथ मनाइने भए पनि अर्धकुम्भ र कुम्भ मेलामा सहभागी हुने पर्यटकहरूको सङ्ख्या सबैभन्दा धेरै हुन्छ। 

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>