Samriddhipost
२०८२ बैशाख २४ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख २४ गते मङ्गलबार

हुनैनाथ बाँजस्थान मन्दिरकाे महिमा

सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिका हुनैनाथ - ४ गाेठ्युडीमा हुनैनाथ बाँजस्थान मन्दिर अवस्थित छ । बरदानी ढाेकाकाे नामले चर्चित हुनैनाथ कसैकाे संरक्षणकाे पर्खाइमा रहेका बेला पर्खेकाे मान्छेहरूले कुनै पर्वाह नगर्दा हुन्शिकर दु:खी भएकाे कुरा महसुस गरिएकाे छ । कुरा यथार्थ हाे ।  दुःखमा बन्दना, सुखमा ...  हुनैनाथ, हुन्शिखर जुन नामले पुकारे पनि शिव रुप नै हुन् । काठमाण्डाैमा पशुपतिनाथ शिवजीकाे मूल मन्दिर भए पनि नेपालका विभिन्न ठाउँहरूमा शिव, पशुपति मन्दिरहरू रहेका छन् । शिव महादेवका नाम र रुप अनेक भएझैं हुन्शिखर पनि एक हाे । हुन्शिखरकाे मूल वासस्थान औतालेक भए पनि शिव ज्याेतिर्लिङ्गकाे एक हिस्सा गाेठ्युडी बाँजस्थानमा प्राचीनकालमा देखा परि पूर्वजहरूले उक्त ज्याेतिर्लिङ्गकाे महिमा तथा बरदान देखेर आफूहरू प्रफुल्ल भई साेहि दिनदेखि उक्त लिङ्गकाे धूप,दीप, फूल, अक्षता, चन्दन सहित पूजापाठ गर्दा मन्दिर समेत चमत्कारिकरुपमा निर्माण भएकाे कुरा जनश्रुतिमा आधारित छ । दाैल सिंह भाट (धामी) मा देव वाणीभई हुन्शिखरकाे ज्याेतिर्लिङ्ग बाँजस्थानमा फेला परेकाे र साेही दिनदेखि धूप,दीप सहित उक्त लिङ्गकाे पुजन गर्न थालिएकाे हाे भनेर गाउँका बुढापाका जानकारहरू बताउने गर्दछन । हुनैनाथ बाँजस्थानमा हुनैनाथकाे ज्याेतिर्लिङ्ग नै हाे । हुनैनाथ बाँजस्थान मान्दिरमा मूल पुजारी शिव दत्त ओझा हुनु हुन्छ । हाल उहाँकाे स्वास्थ्य अशक्तताकाे कारणले पुजारीकाे कामकाज भुवनचन्द्र ओझाज्यूले गर्दै आउनु भएकाे छ । अनजानमा कसैले बालीचन देवताकाे मन्दिर बुझे पनि बाँजस्थान हुन्शिखर मन्दिर नै भएकाे व्यहाेरा अनुराेध गर्न चाहे । साथै मन्दिरपनि चमत्कारिक रुपमा निर्माण भएकाे जनश्रुति रहेकाे छ । हुनैनाथ बाँजस्थान मन्दिरलाई बरदानी ढाेका पनि भनिन्छ ।  चाेखाेभाेकाेभई तनमनले बाँजस्थानकाे आराधना गरेमा वा पूजापाठ गरेमा नि:सन्तानलाई सन्तान, निर्धनीलाई धन लाभहुने, सत्रु क्षयहुने जनविश्वास  रहेकाे छ । हुनैनाथ स्वामीकाे जप ध्यान गर्नाले मनले चिताएकाे कुरा पूरा हुने जनविश्वास रहेकाे छ ।
            वि. सं. २०४०/०४१ सालमा गाउँका भद्रभलादमी, समाजसेवी, शिक्षाप्रेमी तथा समाजका अगुवाहरूकाे सक्रियतामा मन्दिरकाे जिर्णाेद्वार भएकाे कुरा मलाई पनि सम्झना छ । यस मन्दिरमा प्रत्येक वर्ष हरेक धार्मिक कार्यहरू गाेंरा, खेडी, जात्रा, नवरात्र, न्वाकी चढाउने, हरेलाे चढाउने, विभिन्न भाकल स्परुप पूजापाठ हुने गर्दछन् । यसरी मैले हुनैनाथ बाँजस्थान मन्दिरकाे बेलीविस्तार लगाउँदै गर्दा यस मन्दिरकाे भाैगाेलिक अवस्थिति वर्णन नगर्दा याे लेखनै अधुराे हुने सम्झेर थाेरै भएपनि समेट्ने प्रयास गरेकाे छु । याे मन्दिर पूर्व दक्षिण हुनैनाथ औतालेक मन्दिर टाैटाक देखिन्छ । याे ठाउँमा बाज एक प्रजाति वनस्पतिले मन्दिरलाई चारैतिरबाट घेरेकाे हुनाले बाँजस्थान भएकाे हुनु पर्दछ भन्ने ठम्याई रहेकाे छ । यस मन्दिरकाे पारिपट्टी पूर्वमा रानी पातल रहेकाे छ । उत्तर माथि सिरानमा अवस्थी ब्राह्मण र भाैनबाटीहरूकाे वस्ती रहेकाे छ । जातले ब्राह्मण जस्तै नाम र कामले पनि ब्राह्मणहरू निकै सभ्य, संस्कारी, शिक्षित, सहयाेगी र मिलानसार पनि छन् । गाउँमा अवस्थी ब्राह्मण र भाैनबाटी धामीहरूकाे बिचमा राम्राे मेलमिलाप तथा सहयाेग आदान प्रदान हुने गरेकाे छ । यस मन्दिरकाे दक्षिण पारिपट्टी औल्लेक गुरुम, क्यासिर, सिलाजाे, टाटिक, ओजिगाड लगायतका गाउँहरू रहेका छन् । मन्दिरकाे पश्चिम पारिपट्टी रताेडा, मालान, चाेल्थी लगायतका गाउँहरू रहेका छन् ।
            श्री हुाैनाथ छिप्लकेदार र भागाश्रीकाे काेखबाट अवतार भएकाे कुरा विभिन्न आख्यान, श्रुति, किम्बदन्ति र भक्तिगाथा तथा झाेडाे, फाग,  सगुन आदिबाट पुष्टि हुन्छ । दाेभाषे कुरा गर्दा पाठकहरुकाे मनमा खिन्नता प्रकट हुनु त स्वभाविकै हाे आफूलाई पाठककाे रुपमा हेर्दा ।  हुनैनाथकाे उत्पत्ति सम्बन्धी केही राेचक प्रसंगहरु मैले हुनैनाथकाे महिमा र औतालेकीहरूकाे संक्षिप्त वंशावलीमा उल्लेख गरिसकेको छु ।  
             यस मन्दिरमा विभिन्न पर्वहरू जात, गाेंरा आदिमा टाढा टाढाबाट दमाहा, झ्याली, वेकुल (विुल), भाकल सहितका केही मूर्तिकाे साथमा नवतन्नेरी युवाहरू दमाहा, झ्याली, विगुलकाे संगीतमय धूनमा रमाउँदै नाच्दै, गाउँदै, बजाउँदै जात लगेर मन्दिरमा जाने गर्दछन् । मन्दिरमा जात, गाेंरा लगायतका महत्त्वपूर्ण चाडपर्वहरूमा भाैनबाटा भणारी घरबाट देवताकाे गहना स्वरुप छात, छडी, डाेली, तापदानी, चाैरीगाईकाे पूछ, भाेकर, भाला, विभिन्न मुर्तिहरू, दमाहा, रेशम वस्त्र, कुणी, पगरी, पानस, विगुल, झ्याली, शंख आदि पुजन सामग्रीहरू दमाहा, झ्याली, विगुल, शंखकाे संगीतमय धुनमा मन्दिरमा लगिन्छ ।

 मान सिंह धामी (भाैनबाटी)
 उप-प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
 स्थायी ठेगाना :-
मालिकार्जुन गाउँपालिका हुनैनाथ -४  गाेठ्युडी (काेटबुङ्गा) दार्चुला

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>