माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा उमेर हद लाग्ने भएको छ । शनिबार उमेर हद राख्ने कि खुला छाड्ने भन्नेबारे टुंगो लगाउन भएको मतदानको अन्तिम नतिजाअनुसार उमेर हदको विपक्षमा रहेकाहरू पराजित भएका छन् ।आइतबार राति अबेर सार्वजनिक नतिजाअनुसार उमेर हदको पक्षमा ९०० र खुला राख्ने पक्षमा ८७९ मत आएको प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जानकारी दिए । जसअनुसार उमेर हद लगाउने पक्षमा २१ मत बढी परेकाले उमेर हद लगाउने मतको पक्ष मत विजयी भएको प्रधानले जानकारी दिए ।उमेर हद लगाउने या नलगाउने भन्नेबारे विद्यार्थीभित्र विवाद भएपछि शनिबार देशैभर यसको निर्णय लिन मतदान भएको थियो । मतदानपछि शनिबार नै नतिजा सार्वजनिक गर्ने भनिएपनि उमेर हदको पक्षमा मत आएको सुइँको मिलेपछि धाँधलीको प्रयास भएको एक विद्यार्थी नेताले बताए । तर धाँधलीको प्रयास असफल भएको र परिवर्तन पक्षधर विद्यार्थीहरुको जित भएको उनको भनाइ छ।उसो त यससम्बन्धी विवाद समाधान नभएपछि आइतबार माओवादीको पदाधिकारी बैठक नै बसेको थियो । उक्त बैठकले विवाद समाधानको जिम्मा प्रधानलाई नै दिने निर्णय भएअनुसार आवश्यक प्रक्रिया पूरा गरेर नतिजा सार्वजनिक भएको हो ।नतिजा सार्वजनिक भएपछि विद्यार्थी नेताहरूले देशभरका क्रान्तिकारीहरूले नेतृत्व परिवर्तनको पक्षमा मत दिएको प्रतिक्रिया दिएका छन् । यसअघि अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लागू गर्नुपर्ने भनेर आवाज उठेपनि पार्टी अध्यक्ष प्रचण्डसहितको आड भरोसामा ३२ वर्षमाथिका विद्यार्थी नेताहरूले बखेडा झिक्दै आएको उमेर हद पक्षधरहरुको भनाइ छ। जसका कारण नै नेतृत्व चयनका ढिलाइ हुँदै आएको थियो ।तर, जनार्दन शर्मासहितका केही युवा नेता भने ३२ वर्षभन्दा कम उमेर समूहबाट नेतृत्व हुनुपर्ने धारणा राख्दै आएको ती विद्यार्थी नेताको भनाइ छ। अहिले निर्वाचनबाट सोहीअनुसार नतिजा आएको र यो सकारात्मक भएको उनले प्रतिक्रिया दिए ।यसले विद्यार्थीले परिवर्तन चाहेको प्रष्ट सन्देश दिएको र पार्टीमा पनि यही हुनुपर्ने आफूहरूको मत रहेको उनको भनाइ छ । माओवादीमा लामो समयदेखि नेतृत्व परिवर्तनको बहस हुँदै आएपनि प्रचण्डले नयाँ विकल्प दिएका छैनन् ।‘पार्टीमा नेतृत्व परिवर्तनको लामो समयदेखि बहस हुँदै आएको छ । यसमा विद्यार्थीले नेतृत्वलाई नै राम्रो पाठ सिकाएको छ’, ती विद्यार्थी नेताले भने, ‘नतिजाले नेतृत्व परिवर्तनमा प्रचण्डलाई पनि सोच्न बाध्य बनाएको छ । अब ३२ वर्षमुनिबाट नेतृत्व छान्न अखिल क्रान्तिकारीमा माघ १२ गते निर्वाचन हुने बताइएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया