बैतडीमा एक जनप्रतिनिधिले पार्टी परित्याग निर्वाचन आयोगले पद मुक्त भएको जनाएको छ । बैतडीको पाटन नगरपालिकामा काग्रेसबाट कार्यापालिका सदस्यमा निवार्चित रमेश काेलीकाे पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ।
नेपाली कांग्रेसबाट २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित कोली अन्य दलमा प्रवेश गरेको र उनलाई पार्टीले कारबाही गरेकाले उनको पद रिक्त भएको आयोगले गत सोमबार सूचना सार्वजनिक गरी जानकारी दिएको छ।
कांग्रेसले अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय समितिको निर्णयको प्रतिलिपि र दल बदलेको प्रमाणसहित आयोगमा जानकारी गराएको थियो। सोही कागजातको आधारमा आयोगको यही पुस २३ गते बसेको बैठकले उनी निर्वाचित भएको दलित वा अल्पसंख्यक कोटाको सदस्य पद स्वतः रिक्त भएको निर्णय गरेको थियो। एमाले प्रवेश गरेपछि पनि उनलाई काग्रेसले पद मुक्त गर्न प्रमाण पुगे थिएनन् । अहिले उनले एमालेको सदस्यता लिएको प्रमाण भेटीएपछि निवार्चन आयोगले पद मुक्त गरेको हो ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया