Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
सन्जु महर सन्जु महर
२०८१ माघ ०८ गते मङ्गलबार

क्रिकेटर सन्दिप लामिछानेलाई क्यानकाे कार्वाहि

क्रिकेटर सन्दीप लामीछाने लाई गर्यो क्यानले कारवाहि 

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई कारबाही गर्ने निर्णय गरेको छ। क्यानको आचारसंहिताविरूद्ध फेसबुकलगायत सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई तीन डिमेरिट अंक दिने निर्णय गरेको छ। यसको अर्थ क्यानले आयोजना गर्ने प्रतियोगितामा लामिछानेलाई एक खेल खेल्नबाट प्रतिबन्ध गरिएको हो। 
‘म्याच रेफ्री र टेक्निकल कमिटीको निर्णयअनुसार उनलाई कारबाही गरिएको हो,’ क्यानका प्रवक्ता छुम्बी लामाले सेतोपाटीसँग भने, ‘उनले क्यानको आचारसंहिताको २.७ को उल्लङ्घन गरेको पाइएकाले खेलमा प्रतिबन्ध (तीन डिमेरिट अंक दिने) लगाउने निर्णय गर्दै स्पष्टीकरणसमेत सोधिएको छ।क्यानले अब आयोजना गर्ने जुनसुकै प्रतियोगिताको एक खेल सन्दीपले खेल्न पाउने छैनन्।सन्दीपले माघ पहिलो साता सकिएको जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखेका थिए।
सन्दीपले जय ट्रफीमा बागमती प्रदेशको कप्तानी गरेका थिए। जनकपुरमा पुस २५ गते त्रिभुवन आर्मी क्लबविरूद्ध भएको खेलको विषयमा अम्पायरले गलत निर्णय गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए। 
खेलमा बागमतीका शुभ कंसाकार आउट भएलगत्तै दिनको खेल सकिएको घोषणा गरेको विषयमा सन्दीपले आपत्ति जनाएका थिए।खेलको अम्पायर विनयकुमार झा र हिरालाल राउत थिए।विकेट लिएको पनि अंक जोडिने हुँदा आफ्नो विकेट गुमेपछि दिनको खेल समाप्ति घोषणा गर्दा उनले असन्तुष्टि पोखेका थिए भने मैदानमा अम्पायरहरूसँग वादविवाद गरेका थिए।
खेलको भोलिपल्ट उनले नेपालमा अम्पायरको स्तर सुधार हुन नसकेको, अम्पायरको विषयमा कदम नचालिए गलत निर्णय हुने र खेलाडीहरू पीडित बन्ने भनेर लेखेका थिए। 
त्यसपछि म्याच अम्पायर र प्राविधिक समितिले सन्दीपले अनुशासन उल्लङ्घन गरेको भन्दै उनलाई तीन डिमेरिट अंक दिएका  थिए। त्यसमा उनले असन्तुष्टि जनाएका थिए। 
नियमअनुसार अम्पायरको निर्णय चित्त नबुझे लामिछानेले क्यान र टेक्निकल कमिटीमा अपिल गर्न पाउँछन्।
पछिल्लो समय सन्दीपले समाजिक सञ्जालमा सन्दर्भ प्रष्ट नहुने खालका पोस्टसमेत गर्ने गरेका छन्।
क्यानले स्पष्टीकरण सोध्दै एक खेल प्रतिबन्ध लगाउने निर्णय गरेपछि सन्दीपले तीन दिनअघि आफ्ना समर्थकलाई धन्यवाद दिएका थिए। त्यसपछि कतिपयले उनले संन्यास लिन लागेको भन्नेसमेत अड्कल काटेका थिए।
दुई दिनपछि सोमबार सन्दीपले सामाजिक सञ्जालमा अर्को स्टाटस लेखेका छन्। उनले व्यक्तिगत कारणले मोबाइल नम्बर परिवर्तन गरेको र केही दिनका लागि ह्वाट्सएप भने खुला रहने भन्दै लेखेका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>