Samriddhipost
२०८२ जेठ ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख २२ गते सोमबार

एउटै कोखबाट जन्मिएका तीन सन्तान अब्बल प्रहरी अफिसर

एउटै आमाको कोखबाट जन्मिएका पाँच सन्तान मध्ये तीनजना नेपाल प्रहरीको अब्बल अफिसर छन् भने एकजना डाक्टर र अर्का इन्जिनियर छन्। एउटै आमाका तीन सन्तान प्रहरीमा अफिसर हुने बिरलै संयोग हुने गर्दछ।अछाम जिल्लाको विकट क्षेत्र मानिने रामारोसनमा जन्मिएका तीन दाजुभाई प्रहरी संगठन मातहतका तीन वटा कमाण्ड कुशलतापूर्वक सम्हालिरहेका छन । 
उनीहरु रामारोसन गाउँपालिका वडा नम्बर ४ का देवानन्द न्यौपाने र पारु न्यौपानेका कोखबाट जन्मिएका हुन । न्यौपाने पेशाले शिक्षक हुन । उनी ४४ वर्षको शिक्षण पेशाबाट एक महिना अघि मात्रै अवकाश प्राप्त भएका छन । उनकी श्रीमती गृहणी हुन । 
न्यौपाने दम्पत्तीका जेठो छोरा सिद्धराज न्यौपाने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पिएसओ छन । उनी प्रहरी नायब उपरिक्षक (डिएसपी) हुन । उनी लामो समयदेखी प्रचण्डको सुरक्षा कमाण्डमा कार्यरत छन । 
२०६३ सालमा प्रहरी निरिक्षकबाट संगठनमा भर्ना भएका उनी २०७४ मा प्रहरी नायब उपरिक्षकमा बढुवा भएका थिए । उनी संगठनमा एक कुशल प्रहरी अधिकृतका रुपमा चिनिन्छन । उनले अहिलेसम्म धेरैजसो ठाउँमा इञ्चार्जको भूमिका निर्वाह गरेका छन । उनी चाँडै प्रहरी उपरिक्षकमा बढुवाको लाईनमा रहेको बताईन्छ । 
माइलो छोरा केशर न्यौपाने सल्यान जिल्लाको कमाण्ड सम्हालिरहेका छन । उनी पनि प्रहरी नायब उपरिक्षक हुन । २०७० मा प्रहरी निरिक्षक भएका उनी २०८० मा प्रहरी नायब उपरिक्षकमा बढुवा भएका थिए । 
काठमाण्डौं, हेटौडा लगायतका जिल्लाका विभिन्न प्रहरी यूनिटको कमाण्ड सम्हालेका उनी अहिले सल्यानमा प्रशंसायोग्य काम गरिरहेका छन । उनी जनतासँगको मितव्ययी सम्बन्धका कारण चर्चामा रहन्छन । 
कान्छो छोरा मुकेश न्यौपाने २०७६ मा प्रहरी निरिक्षक भए । उनी हाल रुपन्देही जिल्लाको इलाका प्रहरी कार्यालय बेलैयामा कार्यरत छन । 
न्यौपाने दम्पत्तीका जेठो छोराले कैलालीको टीकापुरस्थित बीरेन्द्र विद्या मन्दिरबाट एसएलसी उत्तीर्ण गरेका हुन । अन्य दुई छोराहरुले भने अछामको रामारोसनस्थित सरस्वती मावि झाँताबाट एसएलसी गरेका थिए । उनीहरु सबैको एसएलसी पछिको उच्च शिक्षा भने काठमाण्डौंमा भयो । 
अछामको विकट मानिने रामारोसन क्षेत्रमा शिक्षण पेशामा कार्यरत देवानन्दको कुनै राजनीतिक सम्बन्ध थिएन । उनले भनसुन गर्ने मान्छे पनि चिनेका थिएनन् । उनी छोराहरुको आफ्नै मेहनतले उचाई हासिल गरेको बताउछन । ‘मेरो त त्यस्तो कोही थिएन । छोराहरुले मेहनत गरे सफल भए’ उनले भने–‘अहिले सम्झिदा गर्व महशुस भैरहेको छ ।’
न्यौपाने दम्पत्तीका अन्य सन्तान समेत कम छैनन् । साईलो छोरा चन्द्रप्रकाश न्यौपाने इन्जिनियर छन भने छोरी कविता चिकित्सक छन । छोरा जागिर गर्छन । छोरी दार्चुला अस्पतालमा कार्यरत छन । 
न्यौपानेको परिवार अछामबाट कैलाली बसाई सरेको छ । उनीहरु कैलालीको जानकी गाउँपालिका बन्देवीपुरमा बसोबास गर्छन । देवानन्दका बुबाआमा पहिल्यैदेखी सो ठाउँमा बसोबास गर्दै आएका थिए । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>