कृष्णपुर नगरपालिका वडा ३ ले आफ्नो वडाका छ वटा टोलका भलमन्सा समुह हरुलाई र वैजनाथ मन्दिर व्यवस्थापन समितिलाई प्रति समूह २५ स्थानका दरले कुर्चीहरू वितरण गरेको छ ।
टोल समूहहरूलाई बैठक बस्न समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै वडाका जनप्रतिनिधिहरूले समूह बस्न सहज होस र समाजका गतिविधिहरू सहज रूपमा चलाउन सहज हुने उद्देश्यका साथ प्रति समूह २५ स्थानका दरले कुर्चीहरू वितरण गरेको वडा सदस्य भीमराज जोशीले जानकारी दिए ।
वडाकै धार्मिक स्थल रहेको बैजनाथ मन्दिर व्यवस्थापन समितिलाई पनि यसैगरी कुर्चीहरू वितरण गरिएको छ।
कृष्णपुर नगरपालिकामा खेमराज चौधरी नेतृत्वको वडा टिमले वडाभित्र गर्नुपर्ने कामहरू क्रमश गर्दै गइरहेको छ । वडाले खेलकुद, बाटोघाटो, तटबन्द निर्माण गरिरहेको छ ।
बजेटै नहुँदा पनि स्थानीयहरूसँग मिलेर जैविक तटबन्द लगायतका कार्यक्रमहरू गर्दै आइरहेको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया