Samriddhipost
२०८३ असोज १७ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज १७ गते शनिबार

सुदूरपश्चिममा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना

शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक विषयमा छलफल गर्ने उद्देश्यले सुदूरपश्चिममा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुने भएको छ ।
काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसनअन्तर्गतको निरन्तर तथा व्यावसायिक शिक्षा केन्द्र र सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय शिक्षा विभागको संयुक्त आयोजनामा शनिबार सुदूरपश्चिम विश्वविद्यालय, महेन्द्रनगरमा सम्मेलन आयोजना हुन लागेको हो ।
सम्मेलनको पूर्वसन्ध्यामा शुक्रबार महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलनका संयोजक डा। गम्भीर चन्दले शिक्षकहरूको पेशागत क्षमता विकास, शिक्षण–सिकाइका प्रभावकारी अभ्यास तथा शिक्षा क्षेत्रमा देखिएका चुनौती र सम्भावनाबारे विज्ञ, शिक्षक तथा शिक्षा क्षेत्रका सरोकारवालाबीच छलफल र अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्मेलनमा विभिन्न शैक्षिक संस्था तथा संघसंस्थाको सहकार्य र सहयोग रहनेछ । सम्मेलनमा २५ वटा कार्यपत्र प्रस्तुतिका साथै समूहगत छलफलसमेत आयोजना गरिनेछ । शिक्षा क्षेत्रमा भइरहेका नयाँ अभ्यास, अनुसन्धान तथा अनुभवलाई एकअर्कासँग जोड्दै शिक्षकको पेशागत विकासमा योगदान पु¥याउने विषयमा सम्मेलन केन्द्रित रहने आयोजकले जनाएको छ ।
सम्मेलनमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट बालविकास तहदेखि विश्वविद्यालय तहसम्मका शिक्षक तथा प्राध्यापकहरूको सहभागिता रहने बताइएको छ । विभिन्न तहमा अध्यापन गरिरहेका शिक्षकहरूलाई एउटै मञ्चमा ल्याएर अनुभव, ज्ञान र शिक्षण विधिबारे छलफल गर्ने भएकाले सम्मेलनलाई प्रदेशको शैक्षिक क्षेत्रका लागि संवादको महत्वपूर्ण अवसरका रूपमा लिइएको छ ।
आयोजकका अनुसार सम्मेलनले शिक्षकहरूको क्षमता अभिवृद्धिसँगै प्रदेशको समग्र शिक्षा प्रणालीमा देखिएका समस्या पहिचान गर्न तथा आगामी दिनमा शिक्षण–सिकाइलाई थप प्रभावकारी बनाउने उपायबारे साझा धारणा निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>