Samriddhipost
२०८३ असोज १७ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज १७ गते शनिबार

पुल पुनर्निर्माणका लागि प्रदेश सरकारको मात्रै स्रोत पर्याप्त नहुने

कञ्चनपुरको प्रशिद्ध दोधारा चाँदनीको झोलुङ्गे पुल पुनर्निर्माण गर्न करिब एक वर्ष लाग्ने देखिएको छ । पुलमा क्षतिको अध्ययन गर्न पुगेको प्राविधिक टोलीले यस्तो बताएका हुन् ।
पुलमा क्षतिको अवस्था र कारणबारे स्थलगत अध्ययन गर्न संघ र प्रदेश सरकारले प्राविधिक टोली पठाएको थियो । सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा रहेको टोलीले शुक्रबार पुलको स्थलगत अध्ययन गरेको छ ।

अध्ययनका क्रममा पुलको ढलेको पिल्लरसँगै दायाँ–बायाँतर्फका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको पाइएको अधिकारीले बताए ।

उनका अनुसार महाकाली नदीमा आएको तीव्र बहावका कारण पिल्लरको फाउन्डेसन आसपासको माटो तथा संरचना बगाउँदा पुलमा क्षति पुगेको देखिएको छ ।

‘अहिले पानी धेरै छ । ढलेको पिल्लरसँगै दुई वटा पिल्लर पनि नयाँ बनाउनुपर्ने अवस्था आउनसक्ने देखिएको छ,’ अधिकारीले भने, ‘बाँकी संरचना पनि कमजोर देखिए खोल्दै पुन: फिट गरेर निर्माण गर्नुपर्ने भएकाले समय लाग्ने देखिन्छ ।’

पुल पुनर्निर्माणका लागि प्रदेश सरकारको मात्रै स्रोत पर्याप्त नहुने भएकाले संघीय सरकारको समेत सहयोग आवश्यक पर्ने अधिकारीले बताए ।

सरकारले छिट्टै बजेट व्यवस्थापन गरेर निर्माण प्रक्रिया अघि बढाएपनि पुल पूर्णरूपमा पुनर्निर्माण गर्न करिब एक वर्ष लाग्न सक्ने उनको भनाइ छ ।
क्षतिग्रस्त संरचनाको विस्तृत अध्ययनपछि आवश्यक लागत, निर्माणको विधि र प्रक्रियाबारे थप निर्णय गरिने अधिकारीले बताए ।
महाकाली नदीमा आएको बाढीले असोज १४ गते पुलको एक भागमा क्षति पुर्‍याएपछि दोधारा चाँदनी र भीमदत्तनगरबीचको नियमित आवागमन बन्द छ ।
यसअघि पनि प्राविधिक टोलीले पुलको क्षतिको प्रारम्भिक अध्ययन सुरु गरेको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>