Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
बाजुरा
२०७९ असार २४ गते शुक्रबार

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा हिजो भएको निर्वाचनको मतगणना शुक्रबार मध्यान्ह १२ बजेदेखि सुरू भएको छ ।  मतगणना भानोदय नमुना माध्यमिक विद्यालयमा सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए ।
मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था गरिएको उनले बताए  । मतगणना वडा नम्बर १ र १० बाट सुरू गरिएको छ ।  झण्डै १३ हजार मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको छ ।

प्रतिक्रिया