Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०७९ साउन २८ गते शनिबार

बर्दियामा हातले बन्दै बिश्वकाे ठुलाे छत्री, लाेप हुँदै निर्माण सीप र छत्री ।
फाेटाे: सिताराम थारु

बर्दिया जिल्लामा हातले बुनेकाे बिश्वकाे ठुलाे छत्रि निर्माण हुँदै छ । थारु समुदायले परम्परा काल देखि प्रयाेग गर्दै आईरहेकाे छत्री ( परम्परागत शैलिमा स्थानिय स्राेत साधन प्रयाेग गरि निर्माण गरिने छाता ) तयार भै रहेकाे छ ।

नेपाली काग्रेस राजापुर नगर कमिटि सदस्य सिताराम थारुका अनुसार याे तयार हुँदै गरेकाे हातले बनेको विश्वको सबैभन्दा ठूलो छत्री भएकाे, बर्दिया राजापुर २ जोतपुरका भरतलाल थारुले छत्री तयार  गरिरहेकाे छत्रिकाे लम्बाई  १२ फुट रहेकाे बताएका छन ।

थारुले  चाबहिल बौद्धमा यहि भाद्र १ गते देखि खुल्दै गरेको बरघर रेस्टुरेन्टको नयाँ शाखामा यो छत्रीलाई प्रदर्शनमा राखिने बताएका छन ।

थारुहरुले स्थानिय सामाग्रि बास र मालुका पात प्रयाेग गरि निर्माण गर्ने छत्री आधुनिक छाता बजारमा आउनु पुर्व बाट निरन्तर आफ्नाे ज्ञान सीप बाट तयार गरि प्रयाेग गर्दै आईरहेका कैलालिका पत्रकार मुकेश टेर्रा बताउछन ।

आधुनिक बजारमा सहज रुपमा छाता किन्न पाइने, साे छाता बाेकेर लग्न र यात्रा गर्न पनि सहज हुने भएका कारण बाट छत्री निर्माण र प्रयाेगमा कमि आएकाे छ । आजभाेलि सबै ठाउमा निर्माण सामाग्रि बास मालु पातकाे सहज रुपमा नपाउने र सबै संग बनाउने सीप समेत अभाव भएका कारण बाट गाउँ घरमा समेत छत्री निर्माण कमै मात्र देख्न पाईने कृष्णपुर ३ का वडा अध्यक्ष खेमराज चाैधरि बतउछन ।

प्रतिक्रिया