Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ बैशाख २९ गते शनिबार

बैतडी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने डाक्टरकाे चेतावनी

बैतडी अस्पतालमा आइतबार देखि आकस्मिक बाहेकका सेवा बन्द हुने चिकित्सकको चेतावनी
अतिरिक्त काम गरे वाफतको पारिश्रमिक नपाएपछि जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आइतबारदेखि  आकस्मिक बाहेकका सेवा बन्द गरिने चेतावनी दिएका छन् । अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीले डबल ड्युटी गरे पनि  काम वाफतको भत्ता नपाएको भन्दै विज्ञप्ति जारी गरेर आइतबार देखि अन्य सेवा बन्द गरिने चेतावनी दिएका हुन । 
''जिल्ला अस्पताल बैतडीमा विगत नौ महिना देखि सम्पूर्ण चिकित्सकले अतिरिक्त सेवा भत्ता र सार्वजनिक बिदामा काम गरे वाफतको भत्ता भुक्तानी नभएको कुरा सर्व वितिदै छ । यस समस्याका निम्ति सामाजिक विकास मन्त्रालयमा बारम्बार पत्राचार भएता पनि कुनै जिम्मेवार निकायबाट केहि पनि सुनवाइ भएन । बरु ऐन विपरीत परिपत्र जारी गर्ने, चिकित्सकको सरुवा गर्ने र मौखिक आश्वासन दिने काम मात्र भयो । यसले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा माथिल्लो निकायको ध्यानाकर्षण कति  छ भन्ने बुझायो । यदि अबको ९६ घण्टा भित्र यस विषयमा बाकि रहेको भुक्तानी भएन भने इमर्जेन्सी र वार्ड बाहेकका असमर्थ रहेको जानकारी गराउँदछौ । यदि केहि भवितव्य आइपरेमा अस्पताल प्रमुख, अस्पताल प्रशासन र सामाजिक विकास मन्त्रालय जिम्मेवार हुने जानकारी गराउँदछौ ।''  विज्ञेप्तीमा लेखिएको छ 
डक्टरले हप्तामा ४२ घण्टा काम गर्नु पर्ने भएपनि सय घण्टा आफुहरु काम गरिरहेको अस्पतालमा कार्यरत डा. गोविन्द  बोगटीले बताए । उनले भने 'स्वास्थ्य नियमावली ऐन अनुसार हामीले हप्तामा ४२ घण्टा काम गर्नु पर्छ । तर हामी बिरामीका लागि २४ घण्टा खटेर हप्तामा सय घण्टा काम गरि रहेका छौ । तर पनि विगत ८ महिना देखि अतिरिक्त काम गरेवाफतको भत्ता पाएका छैनौ । हामीले पटक पटक अस्पताल प्रशासन, सामाजिक विकास मन्त्रालय देखि बिभिन्न निकायलाई पत्राचार गरे पनि सुनवाइ भएको छैन ।' 
अस्पतालको प्रयोगशाला विभागका प्रमुख चन्द्रसिंह डोबलाले सामाजिक विकास मन्त्रालयको समेत ध्यानाकर्षण गराइसक्दा पनि कुनै सुनुवाइ नभएको बताए । उनले आफूहरूका समस्याका विषयमा ठोस पहल र निर्णय नभए आइतवार देखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिने बताए । अस्पताल विकास समितिकी अध्यक्ष पार्वती भट्टले सामाजिक विकास मन्त्रालयले रकम निकासा नदिँदा समस्या भएको बताइन् ।


#बैतडी अस्पताल

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>