Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ बैशाख २९ गते शनिबार

पहुच बालाकाे कब्जाकाे जमिन भिमदत्तले आफ्नाे स्वामित्वमा कहिले ल्याउछ ? क्रान्तिकारी

मोहन बैध नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले महेन्द्रनगर नगर विकास समितिको अतिक्रमित सम्पति कहिले फिर्ता आउछ भन्दै भिमदत्त नगरपालिकाको मुल गेलमा कालो ब्यानर लगाएको छ । शनिबार क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले भिमदत्त नगरपालिकाको मुल गेटमा लगाएको व्यानरमा ‘पहँचवाला अतिक्रमणकारीहरुको कब्जामा रहेको भिमदत्त नगर विकास समितिको सम्पति नगर विकास समितिको स्वामित्वमा कहिले आउछँ ? भन्दै प्रश्न मुलक व्यानर टाँसिएको हो ।

भिमदत्त नगरविकास समितिको सम्पति नगर विकासको स्वामित्वमा कहिले फिर्ता हुन्छ, भन्दै दवाफ स्वरुप कालो व्यानरमा टाँसिएको क्रान्तिकारी पार्टा कञ्चनपुरका युवा नेता दिपेन्द्र सिंह ऐरीले बताउनु भयो ।

उनले भने ”अतिक्रमणकारीमाथि कार्बाही गर्न माग सहित क्रान्तिकारी कम्युनिष्ट पार्र्टी कञ्चनपुरले महेन्द्रनगर नगर विकास समितिको जमिन अतिक्रमण गर्ने ठुला अतिक्रमणकारी माथि कार्बाही गरी नगर विकासको सम्पति फिर्ता लिनु पर्ने बताए ।”

युवा नेता दिपेन्द्र सिह ऐरीको नेतृत्वमा भिमदत्तको मुलगेटमा व्यानर टासिएको हो । यस्तै यस अघि पार्टीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई   नगर विकास समितिको सम्पति सबै तिर समान रुपमा हटाईनु पर्ने माग सहति ज्ञापन पत्र समेत बुझाएको नेता ऐरीले बताउनु भयो । उहाँका ‘अनुसार पाटीले प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै नगर विकास समितिको जमिन अतिक्रमण गरेका ठुला व्यक्तिमाथि कार्बाहीको माग अघि सारेको बताए ।’

महेन्द्रनगर बजारको होटल ओपेरा,भानु पाटी पैलेश, काष्ठ मिल सहितका राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ताहरुले नगर विकास समितिको जमिन ओगेटेर बनाएका संरचना हटाउन सरकारको ध्यानाकर्षण गराईएको थियो । यसरी चरण बद्ध ढंगले पार्टीले माग पुरा नभए सम्म विभिन्न दबाफ मुलक आन्दोलनका कार्यक्रम जारी राख्ने नेता ऐरीले बताउनु भयो ।


#नगरबिकास

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>