Samriddhipost
२०८१ साउन १२ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख २९ गते शनिबार

भिमदत्त सरकार शैक्षिक संस्था अनुगमन गर्न उदासिन, सहमति कार्यान्वयन नभए आन्दाेलन गर्ने अखिल क्रान्तिकारीकाे चेतावनी ।

नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी कंचनपुरले शनिवार एक विज्ञप्ति जारि गर्दै आन्दाेलन गर्ने चेतावनी दिएकाे छ ।

 नयाँ शैक्षिकशत्र शुरु हुनु अगावै केही विद्यालयहरुले मनोमानी ढङ्गबाट शुल्क वृद्धि गर्ने, पाठ्यपुस्तक परिवर्तन गरेको भनी सम्बन्धित निकायहरुलाई ताकेता गर्दा पनि मागहरुको कुनै सुनुवाई नभएकाे भन्दै क्रान्तिकारीले भिमदत्त नगरपालिकाका ५ विद्यालयमा तालाबन्दी गरेपछि भिमदत्त नगरपालिकामा सहमतिका लागि बैशाख १७ गते सर्वपक्षिय बैठक बसि ३ बुदे सहमति १. २०८० सालकै शुल्क यथावत राख्ने र वार्षिक शुल्क वापत लिइने रकम पनि फिर्ता गर्ने । 
२. पाठ्यपुस्तक परिवर्तन, छात्रवृत्ति, यातायात, भौतिक संरचना देखि लिएर संस्थागत विद्यालयहरुमा विद्यार्थी संगठनलाई समेत अनुगमन समितिमा समावेश गरेर अनुगमन गर्ने 
३. दोषी देखिए कारवाही गर्ने सहमति भएकाेमा सहमति अनुरुप सहमतिहरु पालना नभएको र अनुगमन प्रक्रिया समेत अगाडि नबढाइएको हुँदा संगठनको गम्भीर ध्यानाकर्षण भएको  र दुई दिन भित्र सहमति भए अनुसार कार्यान्वयन नभएको खण्डमा फेरी आन्दोलन गर्ने जानकारी गराउँछौं क्रान्तिकारि कंचनपुरका संयाेजक भुवन सिह बिष्ट हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ । बेवास्था गरिएको खण्डमा आन्दोलनबाट हुने क्षति सम्बन्धित पक्षहरुले व्यहोर्नुपर्ने जानकारी गराइन्छ विज्ञप्तिमा उल्लेख छ ।
विद्यालय शिक्षा स्थानिय तह मातहत राखे अनुरुप भिमदत्त नगरपालिकाले संस्थागत विद्यालयकाे अनुगमन तथा शिक्षण शुल्क निर्धारण गरेकाे छैन । मनाेमानी ढंंगले शुल्क उठाउने काम भैरहदा भिमदत्त सरकार उदासिन छ ।


#भिमदत्तमा संस्थागत विद्यालय भएन अनुगमन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>