Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ भदौ ०८ गते बुधबार

भाैतिक पुर्वाधार कार्यालय कंचनपुर एकै दिनमा ६ बहुबर्षे याेजनाकाे शिलान्यास गर्न सफल ।

भाैतिक पुर्वाधार कार्यालय कंचनपुरले एकै दिनमा ६ बहुबर्षे याेजनाकाे सिलान्यास गरेकाे छ । बुधबार कंचनपुरकाे दक्षिणि बेल्टका पुर्नवास नगरपालिका, बेलाैरि नगरपालिका  र बेल्डाडि गाउँ पालिकामा पुल र सडकका याेजना सिलान्यास भएका हुन ।

बेलाैरि नगरिालिका वडा १० काे लमैया नालामा २० मिटर लामाे बकस कल्भर्ट काे शिलान्यास भएकाे छ । याे कल्भर्ट बनेपछि दशाैँ बिगाह जग्गाकाे खेतिपाति गर्न सहज हुने वडा का अध्यक्ष सुकदेव रानाले बताएका छन । निर्माण कम्पनि वाइ आर, हटैराज जेभि कम्पनिले समस्या नआए आधा समयमा सम्पन्न गर्न सक्ने बताएको छ । यस्काे सम्झाैता रकम तीन कराेड ३३ लाख बढिकाे लागत रहेकाे छ ।

यस्तै पुर्नवास नगरपालिकामा ११ किलाेमिटर लामाे पिच  (डिभियसटि) सडक काे सिलान्यास भएकाे छ । याे सडक वडा ६,७,८ र ९ मा गरेर ११ किलाेमिटर लामाे निर्माण हुने र सडक करिव ७ देखि १० मिटर सम्म चाैडा हुने, १६ कराेड २५ लाख बढि रकम लागतकाे सम्झाैता शंकर जाेशी जेभि संग भएकाे पुर्वाधार कार्यालयका प्रवक्ता ईन्जिनियर हेमराज भट्टले बताएका छन । याे सडक निर्माणले पुर्नवासकाे सडक संजालमा कायापलट हुने पुर्नवासका मेयर ताेय प्रसाद शर्माले बताए ।

यस्तै पुर्नवास नगरपालिकाकाे  वडा ४ काेटिहाेम मा ३ हजार ७ सय २० मिटर लामाे, चाैडाई ७ देखि १० मिटर सम्मकाे सडक निर्माण काे सिलान्यास भएकाे छ। याे सडक महरा निर्माण सेवाले ५ कराेड ३९ लाख बढिमा निर्माण गर्ने भएकाे छ । निर्माण कम्पनिले कुनै बाधा अबराेध नभए समय भित्रै सम्पन्न गर्ने बताएका छन ।

यी तिनै याेजनाकाे शिलान्यास प्रदेश सभा सदस्य माननिय तारालामा तामाङले गरेका हुन । कार्यक्रममा नगर प्रमुख शर्मा र वडाका अध्यक्ष र स्थानियकाे सहभागिता रहेकाे थियाे ।

यस्तै बेलाैरि नगरपालिका वडा ४,२ र १ मा पिच सडक निर्माणकाे सिलान्यास भएकाे छ । सडककाे लागत ९ कराेड ५५ लाख बढिमा मित्र,अमृत,भागेश्वरि जेभिले सम्झाैता गरेकाे छ ।

यस्तै बेलाैरि नगरपालिका ९ र बेल्डाडि गाउँपालिका ३ जाेड्ने कमरी किचाैया नाला पुलकाे सिलान्यान्स भएकाे छ । ५ कराेड २६ लाख ३१ हजार बढिमा स्वार कन्स्ट्रक्सनले पुलकाे सम्झाैता गरेकाे हाे । बेल्डाडि गाउपालिका हरिश्चन्द्र रानाले याे पुल निर्माण भएपछि सयाै बिगाह जमिन मा जमेकाे पानी निकास भएर किसानहरुले आफ्नाे जमिनमा खेतिपाति गर्न सकिने अवस्था सिर्जना हुने र सहज रुपमा एक अर्काे पालिका जाेडिने, बिध्यार्थि लगायत लाई समेत बिध्यालय आउजाउ गर्न सहज हुने बताउछन ।

यस्तै बेल्डाडि काे वडा ५ भएर बग्ने चाैधर नदिमा पनि करिव ९० मिटर लामाे पुलकाे शिलान्यास भएकाे छ । पुल निर्माणले नदि पारि निकुन्ज संग जाेडिएकाे सयाै बिगाह जमिनमा खेतिपाति गर्न सम्भव हुने वडा ५ का अध्यक्ष ईन्द्र बहादुर खडका बताउछन । याे नदिमा पुल नहुदा बर्खाकाे समयमा घरबाट खेत सम्म जानै नसकिने अवस्था रहेकाे छ कतिपय किसान खेतिकाे लागि खेतमा जादा आउदा नदिमा बगेका छन, नदि पारि बाटाे नभएका कारण कुनै घर छैन, याे नदि धार परिवर्तन गरि यहाँ आउनु पुर्व यहाँ थुप्रै घर रहेकाे  वडा ५ का किसान सुरेन्द्र राना बताउछन ।                                                                   याेजना १२ कराेड २६ लाख बढिमा मित्र बिल्डर्स प्रालि संग सम्झाैता भएकाे कार्यालयका प्रवक्ता भट्टले बताए । यी तिनै  याेजनाकाे सिलान्यास सुदुरपश्चिम सरकारका भाैतिक पुर्वाधार राज्यमन्त्री माननीय कुलबिर चाैधरिले गरेका हुन । यी सबै ६ ओटै याेजना २०८९ असारमा सम्झाैता भई २०८१ असार मसान्त सम्म निर्माण सम्पन्न गर्ने सम्झाैता भएका छन ।                                         बेल्डाडिका निवासि पत्रकार माेहन भट्टका अनुसार दक्षिणि क्षेत्रमा यति धेरै याेजना र  लागत मा बहुबर्षे याेजना एकै पटक सिलान्यास याे भेगकाे ईतिहासमै पहिलाे पटक  भएकाे हाे । 

प्रतिक्रिया