Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ असोज २० गते बिहिबार

बसपार्क नजिक बससंग माेटरसाईकल ठाेक्किदा तिलाचाैरका युवाकाे मृत्यू ।

महेन्द्रनगरको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बसपार्क नजिक आज (बिहीबार) दिउँसो एउटा मोटरसाइकल बससँग ठोक्किदा तिलाचौरका युवाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मोटरसाइकल चालक भीमदत्त नगरपालिका-८ तिलाचौरका २० वर्षीय सुनिल रानाको मृत्यु भएको हो ।

रानाले चलाएकाे म १ प ६२७२ नम्बरको मोटरसाइकल र सुप्रप ०२-००१ ख ११६१ नम्बरको बससँग ठोक्किएका थिए । शुक्लाफाँटा नगरपालिका-१ का ३६ वर्षीय रघुनाथ अवस्थीले चलाइरहेको उक्त बस बसपार्कबाट बाहिर निस्किरहेकाे थियाे ।

पूर्वबाट पश्चिम तर्फ गईरहेका रानाले चलाएको मोटरसाइकल बससँग ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते रानाको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया