Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख २६ गते बुधबार

बैतडीमा जिप दुर्घटना सात जना घाईते

बैतडीमा आज (बुधवार) बिहान बोलेरो जिप दुर्घटना भएको छ। धनगढीबाट बैतडीको तल्लादेहीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ३८५ नम्बरको जिप सतबाँझ–गोकुलेश्वर सडकखण्ड अन्तर्गत सुर्नया गाउँपालिका ३ सिदुन भन्ने स्थानमा दुर्घटनामा परेको हो। 

बुधवार बिहान साढे दुईबजेतिर जिप दुर्घटना परेको र जिपमा सवार सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए। दुर्घटनामा परी पुर्चौंडी नगरपालिका-९ तल्लादेहीका २७ वर्षीय दिपक पार्की, उनका ८ वर्षीय छोरा प्रदीप पार्की, सोही ठाउँका ४९ वर्षीय धनजीत पार्की, उनकी १५ वर्षीया छोरी रेखा पार्की र सोही ठाउँकी २२ वर्षीया कृष्णा पार्की घाइते भएका छन्।

यस्तै डिलाशैनी गाउँपालिका-४ तडीबटा बस्ने ३३ वर्षीय करबीर सार्की र ७४ वर्षीय मनोरी सार्की पनि घाइते भएका प्रहरी निरीक्षक जोशीले बताए। घाइते मध्ये प्रदीप पार्की र रेखा पार्कीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ भने अन्यको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>