Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
बैतडि
२०७९ असोज २८ गते शुक्रबार

बैतडिका फरक फरक दुर्घटनामा २ काे मृत्यु

बैतडीमा छुटाछुटै दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका ६ स्थित सुर्नया नदीमा डुबेर पाटन १ जरौलीका ५३ वर्षिय नरबहादुर भट्टराईको मृत्यु भएको छ भने, खर काटने क्रममा दशरथचन्द नगरपालिका २ जेब्लाखानकी अन्दाजी ४५ बर्षिया लिला देवी बोहराको मुत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार शुक्रबार विहान नदीमा नुहाउन गएका बेला भट्टराईको डुबेर मृत्यु भएको र मृतकको शव अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। बोहराको खर काट्ने क्रममा सलेनी लोटे भिरबाट लडेर शुक्रबार पौनी १२ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनको घटना स्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया