Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
बझाङ्ग
२०७९ कार्तिक ०२ गते बुधबार

बझाङ्ग जिप दुर्घटना मृतककाे संख्या पुग्याे ७, घाईतेकाे अवस्था गम्भीर ।

बझाङको मष्टा गाउँपालिकामा बुधबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। 

उक्त दुर्घटनामा १६ जना यात्रु घाइते छन्। घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये धेरै जसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। 

सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका २ तर्फ गइरहेको जिप बुधबार दिउँसो दुर्घटनामा परेको थियो।

जिप सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेर क्षतिग्रस्त भएको डिएसपी भण्डारीले जानकारी दिए।

उनका अनुसार चिन्ताजक अवस्थामा रहेका घाइतेहरूलाई जिल्ला बाहिर लग्न पनि समस्या भएको छ। साँझ परेका कारण हेलिकप्टर उड्न नसक्दा उद्धार कार्य प्रभावित भएको हो।

दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेको, उद्धारमा जिल्लाका सबै सुरक्षा सुरक्षा निकाय लागेकाे प्रहरिले बताएको छ ।

प्रतिक्रिया