Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक ०३ गते बिहिबार

डल्फिन चुनाव चिन्ह रहेका जाेशीले प्रचार प्रसारकाे लागि वडा कार्यालय गरे उद्धाटन ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रदेशसभा (१)का स्वतन्त्र उम्मेदवार पिताम्बर जोशी वडा सम्पर्क कार्यालयकाे स्थापना गर्न सुरु गरेका छन । बुधबार उनलेफभिमदत्त नगरपालिका वडा नम्बर ९ मटैनामा वडा सम्पर्क कार्यालय को स्थापना गरेका छन ।

बुधबार एक कार्यक्रम गर्दै वडामा चुनावी प्रचारप्रसार का लागि “स्वतन्त्रको आवाज समृद्ध गाउँ र समाज” भन्ने मुल नारा सहित सम्पर्क कार्यालय स्थापना गरेका हुन । उक्त कार्यालय आगामी मंसिर ४ सम्म सुचारू हुने छ । 

जोशीले रोजगारी सृजना, स्थानिय बस्तुकाे उत्पादन बजारिकरण, विकास र जनताको जीवनस्तरमा सुधार ल्याउन क्षमता अनुसारको रोजगारी (एक घर एक रोजगार) लाई प्रमुख एजेण्डा बनाएका छन्।

‘आफू निर्वाचित भएमा एक घर एक रोजगारको अवधारणा अनुसार स्थानीय स्तरमै क्षमता अनुसारको रोजगारी दिन्छु,’ उनले भने, ‘कञ्चनपुरमा आधुनिक विकासको मोडल तयार गरिनेछ, ग्रामीण क्षेत्रमा क्रमागत रुपमा पक्की सडक निर्माण गर्नेछु।’

स्थानीय उत्पादनसंग जोडिएको पर्यटन विकास, व्यवस्थित ग्रामिण विद्युतिकरणमा पूर्णता, जेष्ठ नागरिकहरुको सम्मानजनक सामाजिक सहजीकरण, स्थानीय स्तरमा व्यवसायको प्रवद्र्धन तथा विकासमा जोड दिने उनले बताए।

‘भष्ट्राचार रहित स्वच्छ, सकारात्मक, विकासशील समाज निर्माण गर्ने मेरो प्रतिबद्धता छ,’ उनले भने। प्रदेशसभा (१)मा निशुल्क शिक्षा, स्वास्थ्य, खानेपानी र सिचाइँको सुविधा पुगाउने उनको भनाई छ।

प्रतिक्रिया