Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
दार्चुला
२०७९ कार्तिक ०५ गते शनिबार

दार्चुलाकाे उल्लानिमा ट्याक्टर दुर्घटना २ काे मृत्यू ।

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार साँझ शैल्यशिखर नगरपालिका–६ उल्लानीमा सुपप्र०२००१ त १४६७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृतक हुनेमा शैल्यशिखर नगरपालिका–६ का २३ वर्षीय सन्तोष डाँगा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए। उनका अनुसार अर्का मृतकको पहिचान खुलेको छैन्।

दुर्घटनामा घाइते भएका दुई जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको थियो। ट्याक्टर सडकबाट ४० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया