Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
दार्चुला
२०७९ कार्तिक १२ गते शनिबार

दार्चुलाकाे किम्तडिमा माेटरसाईकल दुर्घटना हुदा २ जना घाईते १ गम्भीर ।

महाकाली नगरपालिका–५ किम्तडीस्थित माहाकालि राजमार्गमा शनिबार दिउसो मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाईते भएका छन्।

प्रहरीका अनुसार से १ प २०७९ नम्बरको मोटरसाइकिल दुर्घटना हुँदा चालक महाकाली नगरपालिका–५ का हिमांशु शाही र पछाडी सवार सोही नगरपालिका–४ का बिरेन्द्र टमटा घाइते भएका छन्।

टमटाको अवस्था गम्भीर छ। उनलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको छ। चालक शाहीको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

उक्त मोटरसाइकल हरिश हुम्लीको भएको बताइएको छ।

प्रतिक्रिया