Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक १३ गते आइतबार

मनकामना जाँदै गरेकाे बस दुर्घटना हुदा ५ जना गम्भीर १८ जनाकाे उद्दार भयाे ।

गोरखाको मनकामना जादै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ। आज बिहान करिब ४ बजे नवलपुरको बलिङटारमा ना ६ ख ७५८० नम्बरको बस दुर्घटनामा परेको हो।
बसमा करिब २९ यात्रु रहेका थिए।

पाल्पाबाट मनकामना दर्शनका लागि दर्शनार्थीहरू लिएर जादै गरेको बस दुर्घटनामा परेको हो।

नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले दुर्घटनामा परेका घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको र केहीलाई चितवनका अस्पताल पठाइएको बताए।

‘पाँच जना घाइतेको अवस्था गम्भीर छ,’ उनले भने, ‘अहिलेसम्म १८ जना घाइतेको उद्धार गरिएको छ।’ घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया