Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक २० गते आइतबार

ट्याक्टर र माेटरसाईकल दुर्घटना हुदा १ जनाकाे मृत्यु

 ट्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्युु भएको छ ।      शुक्लाफाँटा  नगरपालिका वडा नम्बर ४ पिपलाडी बस्ने श्रीकृष्ण रानाले चलाएको से १ त ९३८७ नम्बरको ट्याक्टर र शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुर बस्ने भुवन सिंह रानाले चलाएको सुपप्र ०२००३ प २१४३ नम्बरको मोटरसाइकल आइतबार एकापसमा ठोक्किदा घाइते भएका मोटरसाइकल चालक भुवन सिंह रानाको उपचारका क्रममा  मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो ।              घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया