Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक २१ गते सोमबार

कैलालीमा बसबाट खसेर बस साहुकाे मृत्यू ।

कैलालीमा बसबाट खसेर एक जनाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका–१ का ४४ वर्षीय बसधनी विष्णु देवकोटाको मृत्यु भएको हो।

प्रहरीका अनुसार लम्कीचुहा घर भएका रुपलाल चौधरीले चलाएको बा५ख५८७२ नम्बरको बसबाट खसेर घाइते भएका देवकोटाको उपचार क्रममा मृत्यु भएको हो।
उक्त बस टीकापुरबाट धनगढी आउँदै थियो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया