Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक २२ गते मङ्गलबार

बेदकाेटमा माेटरसाईकल दुर्घटना हुदा एकजनाकाे मृत्यू ।

कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोल्खरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

सु.प.प्र.०१–०१० प १०७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा सोही ठाउँ बस्ने २७ वर्षीय मोटरसाइकल चालक बसन्त जोशीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जोशी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा सवारी चालकका रुपमा कार्यरत थिए। घर नजिकै उनी दुर्घटनामा परेका हुन्।

प्रतिक्रिया