Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०१ गते बिहिबार

कंचनपुरमा आचारसंहिता  उलंङ्गन कायमै, अनुगमन समितिले पाएन पत्ताे । समाजवादी उलंघनमा अगाडि ।

देश निर्वाचनमय भएकाे छ मंशिर ४ गते प्रदेश तथा प्रतिनिधि सभाकाे निर्वाचन हुँदै छ । कंचनपुरमा दल तथा स्वतन्त्र उमेदवारहरुले आ आफ्ना प्रचार गरिरहेका छन ।  प्रचारका क्रममा कार्तिक १७ गते पछाडि दल तथा उमेदवारहरुले ब्यापक रुपमा पर्चा पम्पलेलेट, ब्यानर र झण्डाहरु सार्वजनिक ठाउमा टासेर आचारसंहिता उलंघन गरेका हुन ।

निर्वाचन आयाेग जिल्ला आचारसंहिता अनुगमन समिति कंचनपुरले कार्तिक २२ गते साझ सम्म आचारसंहिता बिपरित प्रयाेग भएका निर्वाचन चिन्ह र झण्डाकाे ताेरण सार्वजनिक स्थानमा नराख्न, पाेलहरुमा पम्पलेट पाेष्टर नराख्न र राखेकाे भएमा २२ गते साझ नै हटाउन भन्दै दल तथा स्वतन्त्र उमेदवारहरुलाई एक सुचना प्रकाशित गरेकाे थियाे ।

उक्त सुचनाकाे समेत उलंङ्धन गर्दै निर्वाचन क्षेत्रका विभिन्न ठाउमा झण्डा र निर्वाचन चिनह समेतकाे ताेरण बनाई टागेकाे देखिन्छ, यस्तै बिधुतका पाेलहरुमा उमेदबारका पर्चा र पाेष्टरहरु निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा टासेका पाइन्छन । यसैगरि भारतिय गाडिमा उमेदवार बाहेकका नेता कार्यकर्ता बसेर प्रचार प्रसारमा जाने तथा गाडिमा उमेदवारकाे स्टिकर टासेकाे देखिन्छ । यस्तै निर्वाचन प्रचारमा बालबालिकाे प्रयाेग निषेध गरिएकाेमा उमेदवारकाे फाेटाे नाम र चुनाव चिन्ह भएकाे रंगिन स्टिकर सरकारि स्कुलकाे स्कुल ड्रेसमा  बालकले छातिमा राखेकाे देखिन्छ ।

याे समाचार तयार पार्दा सम्म कंचनपुरमा नेकपा (एमाले) का प्रतिनिधिसभा उमेदवार निरु देबि पाल, प्रदेस  सभा १ मा एमाले र राप्रपाका साझा उमेदवार राप्रपा नेता धर्मराज जाेशीर  एकीकृत समाजवादिका उमेदवार प्रकाश रावल  प्रदेस सभा क्षेत्र २ काे प्रदेश सभा २ का नेपाली काग्रेस (बिपि)का नारायण बैद्य, एकीकृत समाजवादिका लालबहादुर खड्का लगायतका उमेदवारहरुका पर्चा, पाेष्टर देखिएका छन । सत्ता गठबन्धनकाे एक घटक रहेकाे तर कंचनपुरमा गठबन्धन संग प्रतिस्पर्धा गरिरहेकाे दल नेकपा (एकीकृत समाजवादि) कंचनपुर ३ प्रदेश सभा १ काे क्षेत्रमा आचारसंहिता बिपरित अझ धेरै काम भएका देखिन्छन

यसरी आचारसंहिता उलंङ्घन किन गरेकाे भनेर समाजवादिका जिल्ला नेता हर्क सिह धामिले प्रचार सुरु हुदा अरु दल जस्तै हामिले पनि प्रचार गरेकाे, पछि सिडियाे कार्यालयकाे छलफलमा उलङ्घन भयाे भन्दा हामिले प्रचार सामाग्रि हटाउन जनशक्ति अभाव रहेकाे भनेपछि प्रशासनले आफै हटाउने भनेकाे, सकेकाे ठाउँमा आफुले पनि हटाएकाे र बाकि प्रशासनले हटाएकाे हाेला उतै साेद्धन भन्नुभयाे । भारतिय गाडिमा सुरुमा पर्चा लगाएपनि अहिले हटाई सकिएकाे बताउनु भयाे ।

यसरी निर्वाचन आचारसंहिताकाे ब्यापक उलंघन गरेर चुनाव प्रचारमा गर्न मिल्छ भनेर आचारसंहिता अनुगमनकाे जिम्मा पाएकाे काेष लेखा नियन्त्रण कार्यालयका प्रमुख बिष्णु दत्त जाेशी संग साेधेका थियाै वहाले कंचनपुरका अधिकाँस ठाउँमा  अनुगमन समिति गएकाे भेटेका जति सबै आचारसंहिता बिपरितका सामाग्रि झिकेर ल्याएका छउ जिल्ला प्रहरी कार्यालयमा यस्ता सामाग्रिले भरिएकाे बताएका छन । पाएमा सबै सामाग्रि झिक्ने गरिरहेकाे र प्रहरी समेत परिचालन भएकाे बताएका छन ।

यस्तै कंचनपुरका प्रमुख जिल्ला अधिकारी गाेपालप्रसाद अधिकारि लाई यतिका आचारसंहिता उलंघन हुदा सम्म किन काम गर्न सक्नुभएन भनेर सम्पर्क गर्दा वहाले निरन्तर आचारसंहिता कार्यान्वय गर्न, बिपरित बस्तु  हटाउन दल तथा उमेदवार हरुलाई पटक पटक भनिरहेकाे सुचना आएका ठाउँका यस्ता कार्य हटाउन निरन्तर लागिरहेकाे बताएका छन ।

कंचनपुरका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधिष धुर्व कुमार शाह संग प्रतिकृया लिन खाेज्दा बहाले ९८४८०३१८०५ नम्बरकाे माेवाईलमा पहिलाे पटक फाेन उठेन, समाचार तयार पार्दा माेवाईल स्विच अफ रहेकाे बताउछ । 

प्रतिक्रिया